मुख्यमन्त्री बानियाँले गरे मन्त्रीहरूसँग करार सम्झौता
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र मन्त्रीहरूसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । बानियाँले प्रदेशका १३ मन्त्रीहरूसँग नतिजा सूचकमा आधारित कार्यसम्पादन सम्झौता गरेका हुन् ।
प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ तथा प्रदेश नियमावली २०७७ को नियम ९ बमोजिम मुख्यमन्त्री बानियाँले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका हुन् । चालु आर्थिक वर्ष २०८२/८३ मा मन्त्रीहरूले सम्पादन गर्ने कार्यहरू र जिम्मेवारीबारे भएको कार्यसम्पादन करार सम्झौतामा अनुगमन तथा निरीक्षण, कार्यक्रम कार्यान्वयन, वित्तीय खर्च, गुनासो फर्स्योट, तथ्यांकहरू, नागरिकका गुनासा सुनुवाइ, मन्त्रालय र मातहत निकायको लागि आवश्यक नीति निर्माण लगायत सूचक निर्धारण गरिएका छन् ।
उक्त सूचकका अधारमा मन्त्रीहरूको कार्य सम्पादन मूल्यांकन हरेक ३ महिनामा गर्ने योजना छ ।
सम्झौतापछि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले कार्यसम्पादन सम्झौताका आधारमा जति काम गर्न सक्यो त्यति नै संघीयता पनि बलियो हुने बताए । मन्त्री पौडेलले संघीयताबारे आइरहेको नकारात्मक टिप्पणीहरूलाई भाषणले भन्दा पनि कामले जवाफ दिने बताए । सम्झौतामा उल्लेख भएको बाहेक जनअपेक्षा अनुसारका अतिरिक्त काम पनि गर्ने मन्त्री पौडेलले प्रतिबद्धता व्यक्त गरे ।
त्यसैगरी मुख्यमन्त्री बानियाँले राम्रो काम गर्नेलाई पार्टी र जनताले निरन्तरता दिने व्यवस्था लोकतन्त्रमा मात्रै सम्भव भएको बताए । जनताको हितमा सुशासन कायम हुने गरी पारदर्शीता र जवाफदेही ढंगले काम गर्न उनले मन्त्रीहरूलाई निर्देशन दिए ।
मुख्यमन्त्री बानियाँले सबै मन्त्रीहरूले आफ्नो कार्यविभाजन अनुसार काम गर्नेमा विश्वास व्यक्त गरे । विगतको सरकारको राम्रो कामहरूलाई निरन्तरता दिएर हुन बाँकी रहेका कामहरूलाई नियम कानुन बनाएर यथाशीघ्र रुपमा गर्नुपर्नेमा उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण