फिल्म 'पारस' निर्माण घोषणा
सारांश
- निर्देशक कृषा चौलागाइँले जन्मदिनमा फिल्म 'पारस' घोषणा गरिन्।
- फिल्मको कथा र निर्देशन कृषा स्वयंले गर्नेछिन्, भने विशाल चौलागाइँको लगानी रहनेछ।
- यो फिल्म एक्सन र लभ स्टोरीमा आधारित हुनेछ, फागुनबाट छायांकन सुरु हुनेछ।
काठमाडौँ । निर्देशक कृषा चौलागाइँले जन्मदिन पारेर फिल्म ‘पारस’को घोषणा गरेकी छन् । बुधबार उनको जन्मदिनको अवसर पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्मको कथा तथा निर्देशन निर्देशक कृषाकै हुनेछ।
उनकै भाइ बिशाल चौलागाइँको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले फिल्मको डिओपी पुरुषोत्तम प्रधानले गर्ने जानकारी दिएको छ। यसअघि कृषा र पुरुषोत्तमले ‘ऐचो पैचो’र ‘पिताम्बर’मा सहकार्य गरेका थिए। उनीहरुको यो तेस्रो सहकार्य हो। निर्माता विशालको पनि यो टिमसँग तेस्रो नै सहकार्य हो।
केपी फिल्मस्काे व्यानरमा निर्माण हुने यो फिल्म फागुनबाट छायाङ्कनमा जानेछ। घोषणा कार्यक्रममा निर्देशक कृषाले यो फिल्म एक्सनका साथै लभ स्टोरी हुने बताइन्। यो फिल्मको कलाकार तथा अन्य प्राविधिक पक्षको बारेमा बिस्तारै जानकारी दिने निर्देशक कृषाले बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण