एमाले विधान महाधिवेशनको रौनक : सातदोबाटोदेखि गोदावरीसम्म स्वागत गेट र नेताका तस्बिर
सारांश
- एमालेको विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीमा हुँदैछ, तयारी पूरा भएको छ।
- महाधिवेशनमा सहभागी तथा पर्यवेक्षकका लागि विभिन्न स्थानमा स्वागत गेट निर्माण गरिएको छ, र झण्डा राखिएका छन्।
- महाधिवेशनमा २ हजार ३६ जना प्रतिनिधि र २ हजार ३ सय ४१ जना सहभागी हुनेछन्, अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन्।
काठमाडौँ । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन उद्घाटन हुने समय एक दिन बाँकी छ । भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ ।
महाधिवेशनको डिजिटल प्रचारदेखि लिएर ब्यानर, फ्लेक्स र गेटमार्फत प्रचारप्रसार भइरहेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा महाधिवेशनमा आउने सहभागी तथा पर्यवेक्षकका लागि स्वागत गेट बनाइएको छ ।
_RFhS0pGEla.jpg)
बाग्मती प्रदेश कमिटी र जिल्ला कमिटी ललितपुरको अगुवाइमा मातहतका कमिटीलाई स्वागतका निम्ति ठाउँ ठाउँमा ब्यानर, गेट र कम्युनिस्टको झन्डा तथा पार्टीको चुनावचिह्न अंकित झन्डा ठाउँ ठाउँमा सजाइएको छ ।
महाधिवेशनस्थल पुग्ने रुटमा गोदावरी नगर कमिटी मातहतका शाखा कमिटीले पोल पोलमा सूर्य र हँसिया हथौडा अंकित झन्डा राखेका छन् । ललितपुर जिल्ला कमिटीले सातदोबाटोमा मूल गेट निर्माण गरेको छ ।
जिफन्ट, उपत्यका विशेष कमिटी, जनजाति महासङ्घ लगायतले पनि सहभागीहरूलाई स्वागतका निम्ति गेट बनाएको जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले जानकारी दिए । उनका अनुसार महालक्ष्मी नगर कमिटीले हात्तीवनमा, गोदावरी नगर कमिटीले गोदावरीमा र वडा नम्बर १५ ले सात दोबाटोमा गेट बनाएका हुन् ।
_pBubrCS9XG.jpg)
काठमाडौँ उपत्यका प्रवेश गर्ने स्थान र ललितपुर प्रवेश गर्ने बागडोल र बालकुमारीमा स्वागतका निम्ति सम्बन्धित वडा कमिटी तथा ललितपुर महानगर कमिटीले स्वागत गेट बनाउनुका साथै आकाशे पुलमा ठुलो स्वागत ब्यानर राखेका छन् ।
ललितपुर जिल्ला प्रचार कमिटी प्रमुख राजेन्द्र न्यौपानेले भने– ‘महाधिवेशन स्थल गोदावरी प्रवेश गर्ने सातदोबाटो र महाधिवेशन स्थलनजिकै विशेष सजावटका साथ स्वागतद्धार बनाइएको छ ।’ प्रेस चौतारी ललितपुरले पनि महाधिवेशन स्थल नजिकै प्रतिनिधि, पर्यवेक्षक र आगन्तुकलाई स्वागत र शुभकामनाका निम्ति ठुलो ब्यानर राख्न लागेको जनाएको छ ।
भक्तपुर जिल्ला कमिटीले जडीबुटीदेखि सूर्यविनायकसम्मका १० वटा आकासेपुलमा महाधिवेशनको नारा र लोगो अङ्कित ब्यानर र झन्डा चोक चोकमा राखेको छ । चन्द्रागिरि नगर कमिटीले उपत्यका प्रवेश गर्ने नागढुङ्गा नाकामा स्वागतद्वार राखिसकेको प्रेस चौतारी ललितपुरका कोषाध्यक्ष समीर थापाले बताए ।
_E9Bo0WcYoh.jpg)
२ हजार ३६ जना प्रतिनिधिसहित २ हजार ३ सय ४१ जना सहभागी हुने विधान महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ रहेको छ ।
दशौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि नै अहिलेको विधान महाधिवेशनका प्रतिनिधि रहेका छन् । महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रतिवेदन, महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
_8FiQ3llnnI.jpg)
यस्तै केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषद्को प्रतिवेदन पनि पेस हुनेछ । महाधिवेशनअघि बिहीबारै पार्टी केन्द्रीय सचिवालयको बैठक बसेर सबै प्रतिवेदनहरू महाधिवेशनमा पठाउने निर्णयलगायत अन्य केही प्राविधिक विषयमा निर्णय गर्ने एमाले नेताहरूको भनाइ छ ।
सनराइज हलमा प्रवेशका लागि प्रतिनिधिहरूलाई चार वटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ । ढोकामा आफ्नो परिचय पत्रमा रहेको क्युआर कोड स्क्यान गरेर मात्र प्रवेश गर्न पाइनेछ । महाधिवेशनको पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
_ZcfU3E0uYo.jpg)
_POk7BCnoEE.jpg)
_saiWzbeakd.jpg)
_GNGd0s644o.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण