प्रदेश प्रशासनिक संरचना निर्माण : रुख कटान गर्न ४ करोडको वित्तीय प्रतिबद्धता
मकवानपुर । बागमती प्रदेश सरकार प्रादेशिक संरचना निर्माणका लागि रुख कटान बापतको क्षतिपूर्ति बापत ४ करोड रुपैयाँ वित्तीय प्रतिबद्धता दिने स्वीकृति दिएको छ ।
बिहीबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशको प्रशासनिक संरचना निर्माणका लागि आवश्यक जग्गामा पर्ने रुख कटान गर्न करिब ४ करोड रुपैयाँ बराबरको रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।
भौतिक पूर्वाधार विकास मन्त्रालयको प्रस्तावलाई स्वीकृत गर्दै, यो रकम रुख कटानको अनुमति प्राप्त भएमा वन विकास कोषमा जम्मा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिए ।
प्रदेश सरकारका संरचना निर्माण गर्ने स्थानको रुख कटानको स्वीकृतिका लागि आवश्यक स्रोत सुनिश्चितता दिएको उनले बताए ।
प्रवक्ता तामाङका अनुसार यो रकम तत्काल निकासा नभई, रुख कटानको अनुमति प्राप्त भएमा वन विकास कोषमा जम्मा गर्नका लागि सरकार तयार रहेको भन्ने प्रतिबद्धता हो ।
प्रशासनिक भवन निर्माण गरिने जग्गा नेपाल सरकारकै स्वामित्वमा रहेको वन क्षेत्र भएकाले जग्गा प्राप्तिका लागि भने कुनै रकम तिर्नु नपर्ने उनले बताए ।
जग्गा प्राप्ति ऐन अनुसार सरकारी प्रयोजनका लागि सरकारी जग्गा लिँदा रकम तिर्नु नपर्ने व्यवस्था रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
-
नेपाली दूतावास र एनआरएनएको सक्रियता: कम्बोडियामा नेपालको छवि बदल्दै स्वास्थ्य कूटनीति र सुरक्षा सहकार्य
-
चन्द्रागिरिबाट लागूऔषधसहित एक जना पक्राउ
-
परराष्ट्र नीतिमा विचलन आए सशक्त प्रतिरोध हुनेछ: नारायणकाजी श्रेष्ठ
-
सुकुमबासीहरूलाई भोकमरीतर्फ धकेलिएको आराेप, फौजदारी अनुसन्धानको माग
-
पाकिस्तानको तटमा कार्गो विमानको भग्नावशेष फेला, ५ चालक दलका सदस्यको खोजी जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण