भारतको नयाँ आप्रवासन कानुनले नेपाल–भारत आवतजावतमा असर नपर्ने
काठमाडौँ । भारत सरकारले लागू गरेको नयाँ आप्रवासन कानुनबाट नेपाललाई कुनै फरक नपर्ने स्पष्ट पारिएको छ ।
भदौ १७ (सेप्टेम्बर २) देखि लागू भएको सो कानुनले नेपाल र भुटानका नागरिकलाई भारत आउजाउ गर्न पासपोर्ट वा भिसाको आवश्यकता नपर्ने भारतीय गृह मन्त्रालयले जनाएको हो ।
आफ्नै सीमाबाट भारत प्रवेश गर्दा दुवै मुलुकका नागरिकलाई कुनै रोकटोक नहुने मन्त्रालयको भनाई छ । तर तेस्रो मुलुक हुँदै भारत प्रवेश गर्ने नेपाली वा भुटानी नागरिकलाई भने पासपोर्ट देखाउनुपर्ने व्यवस्था गरिएको छ ।
यसैगरी धार्मिक उत्पीडनका कारण २०२४ डिसेम्बर ३१ अगाडि भारत शरण लिन आएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानका हिन्दु, सिख, बौद्ध, जैन, पारसी र ईसाई समुदायका शरणार्थीलाई पासपोर्ट वा भिसा नभए पनि भारतमा बस्न दिने व्यवस्था गरिएको छ ।
नयाँ कानुनले कुटनीतिक तथा सरकारी पासपोर्टधारी, आपसी सहमतिमा रहेका मुलुकका नागरिकलाई दिइने भिसा–अन–अराइभल सुविधा निरन्तरता दिएको छ ।
बहुपक्षीय सैन्य अभ्यास, सद्भावना भ्रमण, इन्धन भर्ने वा विपत् उद्धारका लागि भारत प्रवेश गर्ने विदेशी नौसैनिकलाई पनि छूट प्रदान गरिएको छ ।
भारतीय गृह मन्त्रालयका अनुसार आप्रवासन प्रणालीमा आएको यो नयाँ व्यवस्था विभिन्न श्रेणीका यात्रु र वाहकका लागि छूटलाई एकीकृत गरी प्रक्रिया सहज बनाउन ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण