घुससिहत पक्राउ परेका कार्यालय सहयोगीविरुद्ध विशेष अदालतमा मुद्दा
सारांश
- अख्तियारले चन्द्रागिरी नगरपालिकाका कर्मचारी एकेन्द्र बहादुर कुँवरविरुद्ध आरोपपत्र दायर गरेको छ।
- कुँवरले जग्गाधनी प्रमाणपूर्जा बनाउन १३ हजार घुस लिएको आरोप लागेको छ।
- अख्तियारले कुँवरलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिवानाको माग गरेको छ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ (साविक पुरानो नैकाप) को जग्गा हालसाविक गर्ने प्रयोजनका लागि घुस लिएको आरोपमा पक्राउ परेका नापी कार्यालय कलंकीमा कार्यरत कार्यालय सहयोगी (करार) एकेन्द्र बहादुर कुँवरविरुद्ध विशेष अदालत काठमाडौंमा आज आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार कुँवरले सेवाग्राहीसँग जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ परेका थिए। अनुसन्धानपछि उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसूर देखिएको भन्दै अख्तियारले बिगो १३ हजार कायम गरी कैद सजाय र सोही रकम बराबरको जरिवानाको मागसहित आरोपपत्र दायर गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कुँवरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसार सजाय माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण