मनाङ प्रदेश सभा उपनिर्वाचनका लागि दल दर्ता गर्ने कांग्रेसको निर्णय
सारांश
- नेपाली कांग्रेसले मनाङ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
- पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको केन्द्रीय कार्य सम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो।
- बैठकमा सामाजिक सञ्जाल नियमनबारे छलफल भएको थियो तर बन्द गर्नु नहुने कुरामा जोड दिइयो।
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले मनाङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचनका लागि दल दर्ता गर्ने भएको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकमा सहभागी पार्टी सहमहामन्त्री डिना उपाध्यायका अनुसार मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेन्डा भएको हो । केन्द्रीय समितिले निर्णय गर्नुपर्ने भए पनि तत्काल केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी निर्णय गरेको उनले जानकारी दिइन् ।
उनले भने, ‘मनाङको निर्वाचनमा दल दर्ता नै आजको विषयको मूल एजेन्डा हो । रुपन्देहीको सन्दर्भमा हामीले पहिल्यै दल दर्ता गरिसकेका छौँ । फेरि मनाङको विषयमा दल दर्ता गर्ने कुरा हो । केन्द्रीय समितिले गर्नुपर्ने हो तर अचानक केन्द्रीय समिति बोलाउन नसक्दा कार्य सम्पादन समितिले पछि अनुमोदन हुने गरी छलफल गरेका छौँ । समसामयिक कुरामा पनि छलफल भएको छ ।’
त्यस्तै सामाजिक सञ्जालको नियमन राम्रो कुरा भए पनि बन्द गर्नु नहुनेमा जोड दिइएको उनले बताइन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण