२३ वर्ष पछि भारतीय टोली जर्सी प्रायोजक विना खेल्दै
सारांश
- एसिया कप २०२५ सेप्टेम्बर ९ देखि युएईमा सुरु हुँदैछ, जहाँ भारतले जर्सी प्रायोजक बिना खेल्नेछ।
- बीसीसीआईको ड्रिम–११ सँगको सम्झौता समाप्त भएपछि र गेमिङ बिल लागू भएपछि यो निर्णय लिइएको हो।
- शिवम् दुबेले नयाँ जर्सीको तस्बिर सेयर गर्दै 'इन्डिया' मात्र लेखिएको पुष्टि गरेका छन्, र भारतको पहिलो खेल सेप्टेम्बर १० मा युएई विरुद्ध हुनेछ।
काठमाडौँ । एसिया कप २०२५ सुरु हुन अब मात्र दुई दिन बाँकी छ । सेप्टेम्बर ९ देखि युएईमा हुने यो प्रतियोगिताअघि टिम इन्डियाले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
२३ वर्षमा पहिलो पटक भारत जर्सी प्रायोजक बिना खेल्नेछ । ड्रिम–११ सँग बीसीसीआईको सम्झौता समाप्त भएपछि एसिया कपमा टिम इन्डिया जर्सी प्रायोजक बिना मैदानमा उत्रनेछ ।
यो निर्णय अनलाइन गेमिङ प्रमोसन एन्ड रेगुलेशन बिल २०२५ लागू भएपछि लिइएको हो । जसले रियल मनी गेमिङ प्लेटफर्महरूमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ ।
अलराउन्डर शिवम् दुबेले इन्स्टाग्राममा नयाँ किटको तस्बिरहरू सेयर गर्दै यसको पुष्टि गरेका छन्, जसमा जर्सीमा ‘इन्डिया’ मात्र लेखिएको देखिन्छ । भारतको पहिलो खेल सेप्टेम्बर १० मा युएई विरुद्ध दुबईमा हुनेछ ।
आईसीसीको कुनै पनि इभेन्ट जस्तै वर्ल्ड टेस्ट च्याम्पियनसिप (डब्ल्यूटीसी), विश्वकप कप, टी–ट्वान्टी विश्वकप वा च्याम्पियन्स ट्रफीमा टिम जर्सीको फ्रन्टमा प्रायोजकको नाम हुँदैन ।
आईसीसीले आफ्नो ग्लोबल ब्रोडकास्ट र स्पोन्सरशिप डिलहरूलाई सुरक्षित राख्नका लागि फ्रन्ट साइडमा केवल देशको नामलाई अनुमति दिन्छ ।
केही भारतीय टिम एसिया कपको जर्सीमा देख्न पाइनेछ । जहाँ फ्रन्ट साइडमा मात्र इन्डिया लेखिएको हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण