माओवादीप्रति जनताको आशा, भरोसा र साथ छ : अध्यक्ष दाहाल
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताए ।
- प्रचण्डले सरकारमा रहँदा गरेका काम र आगामी निर्वाचनमा माओवादी ठुलो दल बन्ने विश्वास व्यक्त गरे ।
- उनले पार्टीले गरेका कामको प्रचार नहुँदा जनतासम्म पुग्न नसकेको बताए र आगामी योजनाबारे जानकारी दिए ।
लमजुङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय माओवादीप्रति जनताको आशा, भरोसा र साथ रहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत आज लमजुङको सुन्दरबजार नगरपालिका–९ स्थित भोँटेओडारमा आयोजित सभामा आफू सरकारको नेतृत्वमा रहेका बेला देश र जनताको पक्षमा काम गरेकाले अहिले पनि जनताको आशा, भरोसासहित साथ रहेको धारणा राखे । आफ्नो पार्टी अहिले सरकारबाहिर रहे पनि जनता केन्द्रित भएर काम गरिरहेको उनले उल्लेख गरे ।
अन्य पार्टीका नेतृत्वले माओवादी अल्पमतमा पुगेको भन्नेमा कुनै सत्यता नभएको बताउँदै अध्यक्ष दाहालले पार्टीले गरेका सकारात्मक कामको मूल्याङ्कन गर्दै पार्टीप्रति जनताको साथ रहेको बताए । उनले आगामी निर्वाचनमा माओवादी केन्द्र मुलुकको ठुलो दल बन्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष दाहालले माओवादी नेतृत्वको पहिलो सरकारका बेला मध्यपहाडी लोकमार्ग, हुलाकी मार्ग, उत्तर-दक्षिण करिडोर निर्माण, गरिब किसानका लागि रु ३० हजारसम्मको ऋण मिनाहालगायत काम गरेको स्मरण गरे । उनले भने- ‘दोस्रो कार्यकालमा संविधान निर्माणदेखि लोडसेडिङ अन्त्य गर्दै अन्य मुलुकलाई बिक्री गरेर देशलाई आर्थिक विकास गरेका थियौँ ।’
तेस्रो कार्यकालमा जलवायु न्यायको मुद्दा अन्तर्राष्ट्रियस्तरमा उठाउने, भारत र बङ्गलादेशसँग विद्युत् व्यापार सम्झौता गर्ने, चीनसँग १४ नाका खोल्ने, सुशासनको अभियान सञ्चालन गर्नेलगायत काम भएका अध्यक्ष दाहालले दाबी गरे । पार्टीले जनताका पक्षमा प्रशस्त काम गरे पनि प्रचारप्रसार नगर्दा जनतासम्म पुग्न नसकेको उनको भनाइ छ ।
यो अभियानले जनतालाई सत्य–तथ्य बुझ्न र भविष्यमा सही बाटो देखाउन सहयोग पुर्याउने अध्यक्ष दाहालले विश्वास व्यक्त गरे । कार्यक्रममा अध्यक्ष दाहालसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष कृष्णबहादुर महरा, नन्दकिशोर पुन, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङलगायत नेताहरूको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार्सिलोनाबाट अन्सु फातीको स्थायी बिदाइः ११ मिलियन युरोमा मोनाकोमा अनुबन्ध
-
सशक्त फ्रान्सविरुद्ध संयमित स्वीडेन
-
मेसी–रोनाल्डो युगपछि विश्वकपमा चम्किँदै नयाँ पुस्ता
-
हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा
-
हाल्यान्डको गोलमा नर्वेलाई २–१ को अग्रता
-
आइभरी कोस्टले फर्कायो गोल, खेल थप रोमाञ्चक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण