जेनजी आन्दोलन प्रभाव : सेयर बजारमा पहिरो
काठमाडौं । सोमबार सेयर बजार उच्च अंकले घटेको छ । देशभर जेनजी पुस्ताको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन भइरहेको बेला सेयर बजारमा ३५.९९ अंकको गिरावट आएको छ । योसँगै बजार परिसूचक २६७२.२५ अंकमा झरेको छ ।
सोमबार ५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २३ कम्पनीको मूल्य घटेको छ भने २२८ कम्पनीको मूल्य बढेको छ । सबैभन्दा धेरै सूचक ट्रेडिङ सेक्टर २.३१ प्रतिशत घटेको छ । थप आठवटा समूह १ प्रतिशत भन्दा धेरै तथा बाँकी समूह १ प्रतिशत भन्दा कमले घटेका छन् ।
बजारमा सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्ने बाराही हाइड्रोको मूल्य ५.२८ अंकले घट्दा बाँकीको उल्लेख्य घटबढ भएन ।
बजारमा आज नेपाल पुनर्बिमा कम्पनीको ३० करोड, युनियन हाइड्रोपावर २४ करोड ९ लाख, युनिभर्सल पावर कम्पनीको २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ । कारोबार संख्याको आधारमा हिमालयन बैंक अगाडि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण