जेनजी आन्दोलन : घाइतेको उपचारका लागि एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन मन्त्रालयको आग्रह
सोमबार, २३ भदौ २०८२, १७ : २७
सारांश
- स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।
- मन्त्रालयले जेनजी आन्दोलनका घाइतेहरूलाई समयमै अस्पताल पुर्याउन आग्रह गरेको छ।
- घाइते नागरिकहरूको जीवन रक्षाका लागि तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूलाई एम्बुलेन्स सेवालाई अझ बढी प्रभावकारी बनाउन निर्देशन दिएको छ । एम्बुलेन्स सेवालाई प्रभावकारी बनाएर जेनजी आन्दोलनका घाइतेहरूलाई समयमै अस्पताल पुर्याउन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयको आपत्कालीन तथा विपद् व्यवस्थापन इकाईले जारी गरेको पत्रमा घाइते नागरिकहरूको जीवन रक्षाका लागि तत्काल निःशुल्क उपचारको व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
मन्त्रालयले देशका विभिन्न स्थानमा भइरहेका प्रदर्शनका क्रममा घाइते भएका सम्पूर्ण नागरिकहरूको निःशुल्क उपचार गर्न समेत सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सङ्घीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूलाई परिपत्र गर्दै घाइतेहरूको यथाशीघ्र उपचार व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण