कांग्रेस पदाधिकारी बैठक सुरु, उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई बोलाइयो
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा १७ जनाको मृत्यु भएपछि त्यसबारे छलफल गर्न सत्तारुढ दल नेपाली कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा सुरु भएको छ ।
बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको हो । उनीहरू दुवै जना बैठकमा पुगिसकेको स्रोतले जानकारी दियो ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सस्कृति पर्यटन नागरिक उड्डयनमन्त्रीसमेत रहेका सहमहामन्त्री बद्री पाण्डेसहितका नेताहरू छन् ।
उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ भने काठमाडौँमा नरहेकाले उपस्थित नभएको स्रोतले बतायो ।
जेनजी आन्दोलनका क्रममा ठूलो मात्रामा हताहती भएपछि गृहमन्त्रीले राजीनामा दिनुपर्ने बताइरहेका बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । यसबारे पनि छलफल हुने एक नेताले बताए ।
सभापति देउवाले यसअघि पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकै दिन तोलामा दुई हजार ४०० ले घट्यो सुनको भाउ
-
एसियाली बजारमा आज तेलको मूल्य १ प्रतिशतले बढ्याे
-
दरबारदेखि रानीकुवासम्मः इतिहास, जनश्रुति र संरक्षणको मौन साक्षी
-
इरानमा थप ९० सैन्य लक्ष्यमा आक्रमण गरेको अमेरिकाको दाबी
-
बालमन्दिरको रकम हिनामिना गरेको आरोपमा ३ जना पक्राउ
-
मेस्सीको निर्भरतामा परेको अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण