जेनजीको प्रदर्शन
राष्ट्रपति पौडेल मर्माहत, शान्ति र संयमको लागि अपिल
मृतकका परिवारप्रति समवेदना र घाइतेको उपचार गर्न आग्रह
सोमबार, २३ भदौ २०८२, २० : ५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशमा हाल उत्पन्न भएको परिस्थितिबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले ‘जेनजी’ पुस्ताले गरेको प्रदर्शनका क्रममा ठुलो सङ्ख्यामा नागरिक हताहत भएको घटनाबाट आफू मर्माहत भएको बताएका हुन्।
राष्ट्रपति पौडेलले घटनामा ज्यान गुमाएका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गरेका छन्। उनले घाइतेहरूको तत्काल उपचारका लागि सरकारलाई आग्रह पनि गरेका छन्।
उनका प्रेस सल्लाहकार किरण पोखरेलले दिएको जानकारीअनुसार राष्ट्रपति पौडेलले अप्रत्याशित रूपमा भएको यो घटनाले आफूलाई चिन्तित तुल्याएको बताएका छन्।
उनले वर्तमान विषम परिस्थितिलाई ध्यानमा राखेर शान्ति र संयमपूर्वक समस्याको निकास निकाल्न सबै पक्षलाई अपिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण