प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
शान्ति, सु–व्यवस्था कायम गर्नु/गराउनुको साटो ओली नेतृत्वको वर्तमान सरकारले उल्टै नेपाली नागरिकको हत्या–आतङ्कमा उत्रिनु दुःखद रहेको जनाउँदै उनले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।
जेन–जी पुस्ताको आजको प्रदर्शनमा कलिला युवाहरूमाथि बर्बरतापूर्वक सरकारले नरसंहार मच्चाएको साहको ठहर छ । भ्रष्टाचार, अनियमितता, कुशासन, सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध आवाज उठाउँदा शान्तिपूर्ण आन्दोलनमा सरकारले ताकिताकि गोली चलाउँदा दर्जनौँ युवाहरूको मृत्यु हुनुका साथै सयौँ युवाहरू घाइते भएका छन् ।
‘आज सेप्टेम्बर–८ मा भएको ‘जेन–जी’ पुस्ताको शान्तिपूर्ण प्रदर्शनमा नेपाल सरकारको तर्फबाट गोली लागेर दर्जनौं प्रदर्शनकारीको मृत्यु र सयौंको संख्यामा घाइते भएको खबरले मर्माहत भएको छु । कलिला उमेरका युवाहरूको यो बर्बरतापूर्ण नरसंहारले लोकतन्त्र र कानुनी शासनको उपहास मात्र नभई मानवताकै हत्या भएको छ । अहिलेको २१औँ शताब्दीमा शान्ति, सु–व्यवस्था कायम गर्नु÷गराउनुको साटो केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले उल्टै आफ्नो नागरिकको हत्या–आतङ्कमा उत्रिनु दुःखद हो । प्रधानमन्त्रीले यो नरसंहारको जिम्मा लिई देशमा शान्ति, अमनचयन, सुशासन र स्थिरता कायम गर्न/गराउनको लागि पनि तत्काल राजीनामा गर्न जोडदार माग गर्दछु । साथै, प्रहरीको गोली लागेर मृत्युवरण गरेका महान् युवाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना तथा शोक सन्तप्त परिवार एवं आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ आजपा अध्यक्ष साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण