सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सरकारलाई दिएको समर्थन फिर्ता लिन जनमतका सचिवद्वारा सिके राउतलाई प्रस्ताव

मङ्गलबार, २४ भदौ २०८२, १० : २२
मङ्गलबार, २४ भदौ २०८२

सारांश

  • जनमत पार्टीका सचिव बीपी साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रस्ताव पेश गरेका छन्।
  • उनले 'जेनजी आन्दोलन' मा १९ जना युवाको हत्यालाई सरकारको तानाशाही प्रवृत्तिको उदाहरणको रूपमा उल्लेख गरे।
  • साहले जनमत पार्टीले अघि सारेको 'नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र' सम्बन्धी प्रस्ताव र आन्दोलनका मागबीच समानता रहेको बताए।

काठमाडौँ । जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन तत्काल फिर्ता लिनुपर्ने प्रस्ताव पार्टीसमक्ष पेस गरेका छन् ।

सचिव साहले आज के विज्ञप्ति जारी गरी केन्द्रीय समितिलाई सम्बोधन गर्दै प्रस्तुत प्रस्तावमा हालै ‘जेनजी आन्दोलन’का क्रममा १९ जना युवाको निर्मम हत्या भएको घटनालाई सरकारको तानाशाही प्रवृत्तिको उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

“हाम्रो समर्थनमा टेकेर सरकारले लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको छ, यस्तो क्रूर र अलोकतान्त्रिक सरकारसँग अब कुनै सम्बन्ध रहनु हुँदैन,” प्रस्तावमा भनिएको छ।

उनले प्रधानमन्त्री ओलीले विगतमा मधेश आन्दोलनका मृतकहरूलाई ‘आतङ्ककारी’ को संज्ञा दिएको स्मरण गर्दै अहिले फेरि जनतामाथि दमन दोहोरिएको आरोप लगाए ।

सचिव साहले जनमत पार्टीले अघि सारेको “नौलो गणतन्त्र र सामाजिक लोकतन्त्र” सम्बन्धी प्रस्ताव र हालको ‘जेनजी आन्दोलन’का मागबीच समानता रहेको बताउँदै आन्दोलनलाई पूर्ण समर्थन र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उक्त प्रस्तावमा आन्दोलनकारीहरूको नेतृत्वमा अन्तरिम सरकार गठन, भ्रष्टाचारविरुद्ध शक्तिशाली आयोग गठन, र संवैधानिक निकायमा प्रत्यक्ष निर्वाचित पदाधिकारीहरूको व्यवस्था गर्ने मागहरू प्रमुख रूपमा समावेश छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप