जनार्दनले अघि सारे वर्तमान संकटको निकासका ६ बुँदे उपाय
सारांश
- माओवादी नेता जनार्दन शर्माले जेनजी आन्दोलनपछिको संकट समाधानका लागि ६ बुँदे प्रस्ताव पेश गरे।
- उनले सरकारको राजीनामा, कर्फ्यु हटाउने र दमन अन्त्य गर्नुपर्ने लगायतका कुराहरू राखेका छन्।
- शर्माले सर्वपक्षीय गोलमेच सम्मेलन र न्यायिक छानबिनको माग गर्दै पार्टी पुनर्गठनको सुझाव दिए।
काठमाडौँ । माओवादी नेता जनार्दन शर्माले सोमबार जेनजी आन्दोलनमा भएको रक्तपातपछि उत्पन्न राष्ट्रिय संकट समाधानका लागि ६ बुँदे प्रस्ताव अघि सारेका छन्।
शर्माले मंगलबार आफ्नो फेसबुकमार्फत वर्तमान परिस्थितिबाट बाहिरिन सरकार, राजनीतिक दल र नागरिक समाजलाई समेट्ने खालको साझा पहल तत्काल आवश्यक रहेको उल्लेख गरेका छन्।
उनका अनुसार पहिलो निकास सरकारको राजीनामा, कर्फ्यु हटाउने र दमनको अन्त्य गर्नु हो। साथै, जेन–जी आन्दोलन शान्तिपूर्ण र संयमित ढंगले सञ्चालन गर्नुपर्ने उनले औंल्याएका छन्।
दोस्रो बुँदामा उनले सर्वपक्षीय गोलमेच सम्मेलनको आह्वान गरेका छन्, जसमा नागरिक समाज, बुद्धिजीवी, राजनीतिक दल र जेन–जी पुस्तासहित सबै पक्षको सहभागिता हुने व्यवस्था गर्नुपर्ने बताएका छन्।
तेस्रो बुँदामा उनले भाद्र २३ गतेको घटनाबारे न्यायिक छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्ने र हालसम्म सरकारी पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने शक्तिशाली आयोग बनाउने माग गरेका छन्।
चौथो बुँदामा नेपालको विगतका आन्दोलन र राजनीतिक परिवर्तनलाई सफलताको रूपमा लिँदै देश र जनताको अवस्था फेर्न नसक्ने कारण पहिचान गर्नुपर्ने बताएका छन्।
पाँचौँ बुँदामा उनले राज्य संयन्त्रभित्र जेलिएको भ्रष्टाचारयुक्त संस्कार, व्यवहार र संरचनाको जालो भत्काउन राजनीतिक र प्रशासनिक सुधारको एजेन्डा अघि सार्नुपर्नेमा जोड दिएका छन्।
छैटौँ बुँदामा पार्टीका शीर्ष नेताहरूले आवश्यक परे त्याग गर्ने र नयाँ शिराबाट पुनर्गठन गर्ने घोषणा गर्नुपर्ने उनको सुझाव छ।
शर्माले जेन–जी पुस्ताका मागलाई गम्भीरतापूर्वक सम्बोधन गर्न तथा राष्ट्रिय संकट समाधानका लागि पार्टी भन्दा माथि उठेर सामूहिक परामर्श गर्ने आह्वान गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण