बारामा भने जेनजी आन्दोलन शान्तिपूर्ण
सारांश
- बारामा जेनजी पुस्ताले सरकारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन गरेका छन्।
- प्रजिअका अनुसार आन्दोलनकारीलाई सम्झाइ बुझाइ गरिएको छ, शैक्षिक संस्था र यातायात बन्द भएपनि आन्दोलन शान्तिपूर्ण छ।
- सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रणको विरोधमा युवाहरू सडकमा उत्रिएका हुन्।
बारा । जेनजी पुस्ताले गरेको आन्दोलन बारामा भने शान्तिपूर्ण देखिएको छ । जिल्लाको सदरमुकाम कलैया, निजगढ, जीतपुर, सिमरा लगायत सहरी क्षेत्रमा युवा पुस्ताहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले जिल्लाभित्र मुख्य सहरी क्षेत्रमा जेनजी पुस्ताले गरेको आन्दोलन शान्तिपूर्ण रहेको बताएका छन् ।
‘हामीले आन्दोलनमा सहभागीहरूमाथि बल प्रयोग गर्नेभन्दा पनि सम्झाउनु, बुझाउने कोसिस गरेका छौ’ प्रजिअ पौडेलले भने ‘आज जिल्लाका शैक्षिक संस्था र यातायात क्षेत्र बन्द भए पनि आन्दोलन शान्तिपूर्ण छ’
सामाजिक सञ्जाल बन्देज, बढ्दो भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतामा नियन्त्रण लगाउने सरकारी कदमको विरोधमा युवाहरू सडक उत्रिएका हुन् । जेनजी आन्दोलनमा ज्यान गुमाएका युवा तथा विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै बाराको जीतपुर सिमरा सहित केही पालिकाहरूले शोक बिदा दिएका छन् ।
जेनजी युवाहरूले बाराका विभिन्न ठाउँमा आइतबार साँझदेखि नै विरोधको कार्यक्रम सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण