बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
समाचार

सबै पक्षसँग सहकार्य गरेर परिचालन हुन तयार छौँ :  सशस्त्र प्रहरी

मङ्गलबार, २४ भदौ २०८२, २१ : ०६
मङ्गलबार, २४ भदौ २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलले हाल चलिरहेको 'जेन-जी' आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन अपिल गरेको छ। एक अपिल जारी गर्दै सशस्त्र प्रहरी बलले देशमा शान्ति र सुव्यवस्था कायम गर्न तथा राष्ट्रिय सम्पत्तिको रक्षाका लागि सहयोग गर्न आग्रह गरेको छ।

सशस्त्र प्रहरी बलले आन्दोलनका क्रममा पूर्ण संयमताका साथ काम गरिरहेको जनाएको छ। उसले विद्यमान परिस्थितिलाई थप जटिल हुन नदिन सबै पक्षलाई संयमित भई सामाजिक सद्भाव कायम राख्न अनुरोध गरेको छ।

आन्दोलनमा भएको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै सशस्त्र प्रहरी बलले मृतक आत्माहरूको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

नागरिकको जीवन, धन र स्वतन्त्रताको सम्मान र सुरक्षाका लागि सधैँ समर्पित रहेको बताउँदै सशस्त्र प्रहरी बलले राष्ट्रिय सम्पत्तिको थप क्षति हुन नदिन सबै पक्षलाई सचेत, सजग र संयमित हुन अनुरोध गरेको छ। यस संवेदनशील परिस्थितिमा भौतिक तथा राष्ट्रिय सम्पत्तिमा भएको क्षति नियन्त्रण, न्यूनीकरण र उद्धार कार्यमा 'जेन-जी' पुस्ता लगायत सबै पक्षसँग सहकार्य गर्न तयार रहेको पनि सशस्त्र प्रहरी बलले स्पष्ट पारेको छ।

545021753_660862660367600_3477268118364969033_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप