रवि लामिछानेको दाबी - गृहसचिवस्तरीय निर्णयले म बाहिरिएको हुँ
सारांश
- रवि लामिछानेले गृहप्रशासनको निर्णयका कारण आफू कारागारबाट छुटेको दाबी गरेका छन्।
- उनले आफू कानुनको पालना गर्दै कारागारमा बसेको र सुरक्षा खतराका कारण बाहिर निकालिएको बताए।
- उनले कुनै राजनीतिक पदको आशा नगरेको र कानुनी प्रक्रियामा सघाउन तयार रहेको बताए।
काठमाडौँ । सहकारी ठगी प्रकरणमा थुनामा रहेका रवि लामिछानेले आफू गृहप्रशासनस्तरीय निर्णयका कारण बाहिर आएको दाबी गरेका छन् ।
जेनजी आन्दोलन उग्र बनेपछि रास्वपा समर्थकहरूको प्रयासमा कारागारबाट बाहिरिन सफल भएका रास्वपा सभापति लामिछानेले मंगलबार राति एक भिडियो पोस्ट गर्दै यस्तो बताएका हुन् । कानुनलाई पालना गर्दै आफू कारगारभित्रै बसेको उनले भिडियोमा बताएका छन् । 'म नियम कानुनको परिधिभित्र बस्न चाहेको मान्छे हुँ, मेरो तापक्रम बढेर १८० पुग्दा मैले अस्पतालको शय्या खोजेको होइन, आज पनि म निस्किन चाहेको होइन ।'
सुरक्षा खतरा बढेको भन्दै आफूलाई बाहिर निकालिएको उनले भिडियो दाबी गरेका छन् । उनले आफू थुनामुक्त भएको कागज पनि उनले त्यस क्रममा पढेर सुनाएका थिए । गृहसचिवको आदेश अनुसार आफू बाहिरिएको उनले पटक पटक दाबी गरेका छन् । यद्यपि कानुनलाई आफूले सघाउनले उनले बारम्बार दोहोर्याएका छन् । र आफू एक्लै भए पनि फेरि कारागार जान तयार रहेको उनले स्पष्ट पारेका छन् ।
त्यस क्रममा उनले केही अपिल गरेका छन् ।
१. रबि लामिछाने अहिले कुनै राजनीतिक पदको आशा, लोभ र दौडमा छैनन ।
२. कानूनलाई सघाउदै कारागारले रिहाई गर्ने निर्णय सहितको पत्र प्राप्त गरेपछी मात्र नागरिकको भिडसगै बाहिरियका हुन । कानुनी प्रक्रियालाई सघाउन सदैब तयार छन ।
३. अबको नागरिक सरकार जेनजी को चाहना बमोजिम हुनु पर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण