लुटपाटमा संलग्नहरू २७ जना पक्राउ परे
बुधबार, २५ भदौ २०८२, ११ : १२
सारांश
- काठमाडौंमा जेनजीको प्रदर्शनमा घुसपैठ गरी लुटपाट, आगजनी र विध्वंस मच्चाउने २७ जना पक्राउ परेका छन्।
- आगजनी नियन्त्रणका लागि ३ वटा बारुणयन्त्र प्रयोग गरिएको छ, र घाइते भएका प्रहरी र प्रदर्शनकारीको सैनिक अस्पतालमा उपचार भइरहेको छ।
- अराजक समूहले लुटेका हतियार काठमाडौँ र पोखराबाट बरामद गरिएका छन्।
काठमाडौँ । जेनजीको प्रदर्शनमा घुसपैठ गरेर लुटपाट, आगजनी र विध्वंस मच्चाउने २७ जना पक्राउ परेका छन् । भदौ २४ गते रातिबाट परिचालन भएपछि लुटपाट र आगजनी गर्ने २७ जनालाई पक्राउ गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
३ वटा बारुणयन्त्र प्रयोग गरेर आगजनी भइरहेका संरचनाहरूको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सेनाले जनाएको छ ।
विभिन्न प्रहरी कार्यालयबाट अराजक समूहले लुटेको हतियार काठमाडौँबाट २३ र पोखराबाट ८ नाल बरामद गरिएको छ ।
मंगलबारको प्रदर्शनमा घाइते भएका २३ जना प्रहरी र ३ जना प्रदर्शनकारीको सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण