राजनीति
ईश्वर पोखरेलको अपिल : विषम परिस्थितिमा धैर्य र संयमता अपनाउनु
बुधबार, २५ भदौ २०८२, १३ : ०१
१
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भाव र अमनचयनका लागि सबैको पहल आवश्यक भएको बताएका छन् । उनले सम्पूर्ण कार्यकर्तामा विषम परिस्थितिमा धैर्य र संयमता अपनाउन पनि आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले अपिल गरेका छन्, ‘जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक पद्धति, बहुलवादी मूल्यमान्यता, सामाजिक न्याय, विधिको शासन र रुपान्तरणकारी आन्दोलनकारीप्रति अविचलित रहन पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुक तथा आम जनतामा हार्दिक आह्वान गर्दछु ।’
उनले आन्दोलनका क्रममा भएको अस्वाभाविक बल प्रयोग, त्यसबाट भएको धनजनको क्षति, ऐतिहासिक सम्पदा, सार्वजनिक सम्पत्ति, राजनीतिक दलका कार्यालय र विभिन्न व्यक्तिका निजी निवास तथा सम्पत्तिमा गरिएको हिंसा र तोडफोडप्रति निन्दा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण