देशभरबाट ७३ थान हतियार बरामद
काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा लुटिएका थप हतियार काठमाडौँको महाराजगन्ज र माछापोखरी क्षेत्रबाट नेपाली सेनाले बरामद गरेको छ।
सेनाले महाराजगन्ज इलाकाबाट लुटपाटमा संलग्न चार जना व्यक्तिलाई पक्राउ गरी सात थान हतियार, सोका म्यागजिन, राउन्ड र अन्य सहायक सामग्रीहरू बरामद गरेको हो।
यसैगरी, माछापोखरीबाट थप एक थान हतियार बरामद गरिएको सेनाले जनाएको छ। हालसम्म देशभरबाट ७३ थान हतियार बरामद भइसकेको छ।
नेपाली सेनाको विज्ञप्तिअनुसार, काभ्रेको धुलिखेल जिल्ला कारागारमा कैदीबन्दी र नेपाल प्रहरीबिच भएको झडपपछि स्थिति नियन्त्रणमा आएको छ। यस्तै, डिल्लीबजार कारागारमा लागेको आगो पनि सेना र अन्य सुरक्षा निकायको संयुक्त प्रयासबाट पूर्ण रूपमा निभाइएको छ।
यसैबिच, विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरूलाई नियन्त्रणमा लिने कार्य जारी छ। सेनाका अनुसार, सप्तरीबाट ४, सुनसरीबाट २०२, रुकुम (पश्चिम)बाट ४३, कपिलवस्तुबाट ५० र म्याग्दीबाट ४ जना फरार कैदीबन्दीलाई पक्राउ गरिएको छ। भागेका अन्य कैदीबन्दीको खोजी कार्य पनि तीव्र पारिएको सेनाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण