चीनद्वारा नेपालमा छिटोभन्दा छिटो सामाजिक व्यवस्था र स्थिरता कायम हुने आशा व्यक्त
बिहीबार, २६ भदौ २०८२, ११ : ४३
सारांश
- चिनियाँ विदेश मन्त्रालयले नेपालको राजनीतिक अस्थिरता र आन्दोलनबारे धारणा सार्वजनिक गरेको छ।
- प्रवक्ताले नेपालका सबै पक्षलाई आन्तरिक समस्या समाधान गरी स्थिरता कायम गर्न आग्रह गरे।
- चीनले नेपाल र चिनियाँ नागरिकको सुरक्षामा विशेष ध्यान दिने बताएको छ।
काठमाडौँ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले नेपालमा उत्पन्न राजनीतिक अस्थिरता र आन्दोलनप्रति चीनको धारणा सार्वजनिक गरेका छन्।
बुधबार आयोजित एक पत्रकार सम्मेलनमा हालै नेपालमा भएको प्रदर्शन र अशान्तिले प्रधानमन्त्रीले राजीनामा दिनुपरेको अवस्थाबारे प्रश्न सोधिएको थियो ।
यसबारे बोल्दै उनले नेपालका सबै पक्षले आफ्ना आन्तरिक समस्याहरूलाई उचित रूपमा सम्बोधन गरी छिट्टै सामाजिक व्यवस्था र राष्ट्रिय स्थिरता कायम गर्ने आशा व्यक्त गरे।
प्रवक्ता लिनले चीन र नेपाल परम्परागत रूपमा मित्रवत् छिमेकी राष्ट्र भएको बताए। उनले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई पनि सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण