शुक्रबार, १२ असार २०८३
ताजा लोकप्रिय

एमालेबाट निर्वाचित वडाध्यक्षले दिए राजीनामा

बिहीबार, २६ भदौ २०८२, १८ : ४७
बिहीबार, २६ भदौ २०८२

‎सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका-४ का वडाध्यक्ष वीरेन्द्र सिंह ठकुरीले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

‎बिहीबार एक सुचना जारी गर्दै उनले पदबाट राजीनामा दिएको जानकारी दिएका हुन् । उनी ०७९ को स्थानीय तहका निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । 

‎उनले पालिका अध्यक्षको व्यक्तिगत मनोकांक्षा र झुटा आश्वासनजस्ता गैरजिम्मेवारपूर्ण व्यवहारहरू बढेकोले यस्तो नेतृत्वभित्र बसेर आम नागरिकहरूलाई सहज, सुलभ र समावेशी सेवा दिन नसक्ने बताएका हुन् । 

unnamed

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप