कांग्रेस विवाद समाधानका लागि महामन्त्री घिमिरेले भेटे नेता डा. कोइराला
सारांश
- नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानका लागि महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् ।
- महामन्त्री घिमिरे र नेता डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।
- कांग्रेसमा क्रियाशील सदस्यता 'डिजिटल्ली अद्यावधिक' गर्ने विषयमा देखिएको विवाद उत्कर्षमा पुगेको बेला यो भेट भएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । महामन्त्री घिमिरे र नेता डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।
महामन्त्री घिमिरेले भेटमा नेपाली काङ्ग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि दुई नेताबिच भेट भएको जानकारी दिए ।
कांग्रेसमा पछिल्लो समय क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्ने विषयमा देखिएको विवाद उत्कर्षमा पुगेको बेलामा महामन्त्री घिमिरेले नेता डा. कोइरालासँग भेट गरेका हुन् ।
नेता कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण भइसकेका क्रियाशील सदस्यहरूको पुनः अद्यावधिकलाई अनिवार्य नगर्न भन्दै अद्यावधिक गरेका छैनन् ।
संस्थापनले भने अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरू १५ औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरूमा सहभागी हुन नपाउने निर्णय गरिसकेको छ । यो विवाद चरमोत्कर्षम पुगेका बेला महामन्त्री घिमिरेले नेता कोइरालासँग भेट गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कविन्द्रले किन छाडे महामन्त्रीको दाबी ?
-
फ्राइडे रिलिज : प्रदर्शनमा ‘जाँड’
-
यू–१५ विश्वकपबाट रुसको फिफा प्रतियोगितामा पुनरागमनको सम्भावना
-
हाइटी र सिरियाली आप्रवासीको टीपीएस हटाउन ट्रम्प प्रशासनलाई सर्वोच्च अदालतको अनुमति
-
रास्वपा पदाधिकारीको ६ पदका लागि ३० जना उम्मेदवार चुनावी मैदानमा (सूचीसहित)
-
२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण