बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वीरगञ्ज महानगरमा कर्फ्यु खुकुलो पारिँदै

बिहीबार, २६ भदौ २०८२, २१ : ४१
बिहीबार, २६ भदौ २०८२

सारांश

  • पर्सा जिल्ला प्रशासन कार्यालयले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई खुकुलो पारेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीका अनुसार बिहान ६ देखि १० र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाइनेछ।
  • स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम वीरगञ्ज महानगर क्षेत्रमा जुलुस, प्रदर्शन, सभा, बैठक गर्न पाइने छैन।

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्युलाई केही खुकुलो बनाएको छ । प्रशासनले यसअघि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेकोमा बिहीबारदेखि भने केही थप खुकुलो बनाएको हो । 

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले बिहीबारदेखि वीरगञ्ज महानगर आसपासमा कर्फ्युलाई केही खुकुलो बनाउँदै निषेधाज्ञाको समयावधि बढाइएको जानकारी दिए ।

‘भोलि बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म निषेधाज्ञा लगाउने निर्णय भएको छ, विषम परिस्थितिलाई ध्यान दिँदै बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र बेलुका ७ बजेदेखि पर्सीपल्ट बिहान ६ बजेसम्म भने कर्फ्यु जारी नै रहनेछ’, उनले भने ।

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्थानीय प्रशासन ऐन, २०२८ को दफा छ (क) बमोजिम पर्साको वीरगञ्ज महानगर क्षेत्रको पूर्वमा वाईपास रोड, पश्चिम सिर्सिया पुल, उत्तरमा गण्डकचौक र दक्षिणमा शङ्कराचार्यगेटलगायतका स्थानमा कुनै पनि प्रकारको जुलुस, प्रदर्शन सभा, बैठक, घेरा गर्न पाइने छैन । 

पछिल्लो समय वीरगञ्ज आसपासमा प्रदर्शन तथा विरोधका गतिविधि नभएपनि प्रशासनले उच्च सतर्कता अपनाउँदै कफ्र्यू तथा निषेधाज्ञा भने जारी राखेको जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप