श्रमदानबाट सडक मर्मत
सारांश
- अन्नपूर्ण गाउँपालिका-८ राम्चेका बासिन्दाले श्रमदान गरी सडक मर्मत गरेर यातायात सञ्चालन गरेका छन्।
- नागी-राम्चे सडकको छहरे खण्डमा पहिरोले क्षति पुर्याएपछि स्थानीयले मर्मत गरेका हुन्।
- सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत र कृषि उपज बजार पठाउन समस्या भएको थियो।
म्याग्दी। अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका छन् । नागी–राम्चे सडकको थावनगाउँ नजिकै छहरे खण्डमा गत असारको तेस्रो साता पहिरोले भत्काएको सडक स्थानीयवासीले श्रमदान गरेर मर्मत गरी यातायात सञ्चालन गरेका हुन् । राम्चेका बासिन्दा फसबहादुर गर्बुजाले बिहीबार करिब ७५ जनाले श्रमदान गरेर सडक मर्मत गरेका जानकारी दिए।
“करिब दुई महिनादेखि नागी–राम्चे सडक अवरुद्ध हुँदा स्थानीयवासीलाई आवतजावतका साथै आलुलगायत कृषि उपज बजार पठाउन समस्या भएको थियो”, उनले भने, “सरकारी निकायको आस गर्दा ढिलाइ हुने भएकाले राम्चेका सबै घरबाट एक–एक जनाले श्रमदान गरेर सडक खुलाएका हौँ”, बिहीबार दिनभर श्रमदान गरेका थिए ।
पहिरोसँगै भासिएको करिब सात मिटर दूरीको सडकमा जगदेखि नै पर्खाल निर्माण गरेर जिप, ट्याक्टर र मोटरसाइकल वारपार गर्न मिल्ने बनाएको गर्बुजाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिका–७ महभिरदेखि हिस्तान–काफलडाँडा हुँदै राम्चे जोड्ने सडक घुमाउँरो र जोखिमयुक्त भएकाले राम्चेवासीले सदरमुकाम बेनी आवतजावत गर्न नागी–लेकफाँट–मल्लाज–बेनी सडक प्रयोग गर्छन् ।
अन्नपूर्ण गाउँपालिका–८ को कार्यालय राम्चेमा छ । राम्चे आलुको पकेट क्षेत्र हो । सडक अवरुद्ध हुँदा नागीका बासिन्दालाई राम्चेमा रहेको वडा कार्यालय र स्वास्थ्यचौकीको सेवा लिन आवतजावत गर्न समस्या भएको थियो । सडक अवरुद्ध भएपछि समस्यामा परेका नागीमा रहेको हिमाञ्चल माविमा पढ्ने राम्चे, काफलडाँडाका विद्यार्थीलाई पनि सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
-
जङ्गली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दै: युनेस्को
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण