शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

निषेधाज्ञा हटेपछि रुपन्देहीको जनजीवन सामान्य बन्दै

शुक्रबार, २७ भदौ २०८२, ०९ : ५९
शुक्रबार, २७ भदौ २०८२

सारांश

  • रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र कर्फ्यु बिहान ६ बजेपछि हटेको छ।
  • कर्फ्यु हटेसँगै जिल्लाभर बजार, यातायात, विद्यालय र अन्य सेवाहरू पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
  • प्रमुख जिल्ला अधिकारीका अनुसार, स्थिति नियन्त्रणमा आएकाले कर्फ्यु हटाइएको हो र आवश्यकता परे फेरि कडाइ गरिनेछ।

बुटवल । रुपन्देहीमा केही दिनदेखि प्रशासनले लगाएको निषेधाज्ञा र  कर्फ्यु आदेश बिहान ६ बजेपछि हटाएपछि  जनजीवन  सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले लगाएको कर्फ्यु आदेश हटाएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको हो ।

प्रशासनले शुक्रबार बिहानसम्म लागू गरेको कर्फ्यु र निषेधाज्ञा हटाएपछि जिल्लाभर बजार, यातायात, विद्यालय तथा अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ । 

जिल्लामा उत्पन्न अवस्थालाई ध्यानमा राख्दै प्रशासनले विगत केही दिन सुरक्षा व्यवस्था  कडा पारेको थियो । तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले जानकारी दिए । उनका अनुसार आवश्यकता परेमा पुनः कडाइ गर्न सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप