अपडेट
सुनको मूल्यमा नयाँ रेकर्ड, आज कति पुग्यो मूल्य ?
शुक्रबार, २७ भदौ २०८२, १० : ३४
१
सारांश
- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ, छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ।
- सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको छ।
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ पुगेको छ ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार १५ रुपैयाँ पुगेको छ ।
यसअघि बिहीबार छापावाल सुन तोलामा २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ५०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण