अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
शुक्रबार, २७ भदौ २०८२, १० : ५९
सारांश
- जसपा अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारको नेतृत्वका लागि सुशीला कार्कीको सिफारिसलाई सकारात्मक भनेका छन्।
- यादवले सामाजिक सञ्जालमार्फत संविधान संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्नुपर्ने बताए।
- उनले संसद विघटन र संविधान खारेज गर्नु देशको हितमा नहुने कुरामा जोड दिए।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सिफारिस गर्ने निर्णय अत्यन्त सकारात्मक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । साथै यादवले वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद्लाई कायमै राख्नुपर्ने बताएका छन् ।
उनले भनेका छन्– 'वर्तमान संविधानलाई संशोधन र पुनर्लेखन गरी परिमार्जन गर्न संविधान र संसद्लाई कायमै राख्नु पर्दछ । संसद् विघटन र संविधानको खारेजी मुलुकको हितमा हुन सक्दैन्।'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण