काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै
सारांश
- जेनजी आन्दोलनपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ, बिहान र बेलुका दैनिक जनजीवन सामान्य बन्दै गएको छ।
- सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्न थालेका छन् भने सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन्।
- आन्दोलनका क्रममा क्षति भएका भवन तथा संरचनाको सरसफाइ र फोहर व्यवस्थापनका कार्यहरू तिब्र गतिमा अघि बढेका छन्।
काठमाडौँ । ‘जेनजी’ आन्दोलनपछि शान्तिसुरक्षा असहज हुँदा असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ । शान्ति सुव्यवस्था कायम गर्ने सिलसिलामा अझै पनि निश्चित समय निषेधाज्ञा र कर्फ्यु कायम रहे पनि बिहान र बेलुकाको समयमा दैनिक जनजीवन सामान्य बन्दै गएको छ ।
यससँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, व्यापार व्यवसाय खुल्दै गएका छन् । सडकमा अत्यावश्यक सेवाका अतिरिक्त चारपाङ्ग्रे र दुईपाङ्ग्रे सरकारी, निजी सवारीसाधन निर्वाध रूपमा गुड्न थालेका छन् ।
चोक चोकमा सेनासहितका सुरक्षा निकायका गस्तीले पनि नागरिकलाई सुरक्षाको प्रत्याभूति गरेकाले जनजीवन सहज बन्न पुगको हो । आन्दोलनका क्रममा विस्थापित भएका प्रहरी कार्यालयबाट सेवा प्रवाह सुरु भएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
खासगरी काठमाडौँको सहरी इलाकामा बिहान सबेरै दैनिक उपभोग्य सामग्री किनमेलका लागि भीड जस्तै देखिन्थ्यो । व्यवसायीले कालीमाटी, बल्खु, माछापोखरी, लगनखेलगायत क्षेत्रमा पुगेर तरकारी तथा फलफूल र दुग्धजन्य पदार्थ सङ्कलन गरी बिक्री गरेका थिए ।
आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका भवन तथा संरचनाको सरसफाइ, फोहर व्यवस्थापन कार्य तदारुकताका साथ अघि बढेका छन् । सिंहदरबारभित्रका मन्त्रालय तथा कार्यालयका कर्मचारी पनि सेवा प्रवाहमा सहजीकरण ल्याउन र दैनिक कामकाज गर्ने वातावरण बनाउन खटिएका छन् ।
सडकमा भेटिएका प्रायःजसोले आन्दोलनको क्षतिको कुरा गरिरहँदा पुरातात्विक महत्त्वको प्रमुख राजनीतिक–प्रशासनिक केन्द्र सिंहदरबार जलेकामा चिन्ता र दुःखेसो पोखेको सुनिन्थ्यिो । आगजनीबाट नष्ट भएको संसद् भवन, सिंहदरबार तथा व्यावसायिक भवनमा भएको क्षति अवलोकन गर्न घुइँचो देखिन्थ्यो ।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, अर्थ, शिक्षा, विज्ञान तथा प्रविधि, सङ्घीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसङ्ख्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि सरसफाइको काम भइरहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः कसले हारे कसले जिते ?
-
असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरूको कर मिनाहा हुने
-
गण्डकीमा ७८ प्रतिशत रोपाइँ
-
पुँजीगत खर्च र राजस्व लक्ष्य प्राप्तिको योजनासहित बजेट कार्यान्वयनमा लाग्न सचिवहरूलाई निर्देशन
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्यो स्वीकृत सूची
-
प्रतिस्पर्धाबिना नास्टमा उपकुलपति नियुक्त गरेपछि वैज्ञानिकहरू रुष्ट, उठाए प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण