दोलखामा जनजीवन सामान्य बन्दै, तीन दिनपछि कर्फ्यु र निषेधाज्ञा हटाइयो
सारांश
- दोलखा जिल्ला प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा भदौ २८ गते बिहान ९ बजेदेखि पूर्ण रूपमा हटाएको छ।
- जेनजी आन्दोलनका कारण उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको थियो।
- निषेधाज्ञा हटेसँगै दोलखा जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ, र यातायात, बजार लगायतका गतिविधिहरू सञ्चालनमा आएका छन्।
दोलखा । जिल्ला प्रशासन कार्यालय, दोलखाले जिल्लामा लगाएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाएको छ। जेनजी आन्दोलनका क्रममा देशव्यापी प्रदर्शनपछि उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै लगाइएको आदेश आज भदौ २८ गते बिहान ९ बजेदेखि हटाइएको हो ।
कर्फ्यु र निषेधाज्ञा हटेसँगै जिल्लाको जनजीवन सामान्य बन्न थालेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचना अनुसार, भदौ २३ गतेदेखि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानमा भएका प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्लाको शान्ति सुरक्षा कायम राख्न आदेश जारी गरिएको थियो।
सोही परिस्थितिलाई ध्यानमा राख्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र उपदफा (३) (क) बमोजिम प्रशासनले भदौ २५ गते बेलुका ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि दोलखाका केही स्थानमा कर्फ्यु र जिल्लाभर निषेधाज्ञा लगाएको थियो।
शनिबार बिहान ९ बजेदेखि उक्त दुवै आदेश पूर्ण रूपमा हटाइएको प्रशासनले जनाएको छ। आदेश फुकुवा भएसँगै जिल्लाभरि यातायात, बजार र अन्य गतिविधिहरू सामान्य रूपमा सञ्चालन हुन थालेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिममा सत्तारुढ दल एमालेले नै बजेटविरूद्ध खर्च कटौती प्रस्ताव ल्याउने
-
लेखा समितिको आन्तरिक कार्यविधि परिमार्जनसहित पारित
-
संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलको प्रतिवेदन लेखन अन्तिम चरणमा
-
झ्याप–झ्याप बत्ती जाने समस्या समाधान गर्न कार्यदल गठन
-
१५ वर्षदेखि अलपत्र कमला पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य सर्वसाधारण
-
नियुक्तिहरूमा प्रधानमन्त्रीको रोजाइ सेनाका पूर्वअधिकारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण