शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्री कार्कीलाई उपेन्द्र यादवको शुभकामना

शनिबार, २८ भदौ २०८२, ११ : ४७
शनिबार, २८ भदौ २०८२

सारांश

  • जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिए।
  • यादवले कार्कीको नेतृत्वमा संघीयता, लोकतन्त्र र गणतन्त्रको रक्षा हुने विश्वास व्यक्त गरे।
  • उनले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने आशा व्यक्त गरे।

ललितपुर । प्रथम महिला प्रधानमन्त्रीका रुपमा श्रीमती सुशीला कार्की नियुक्त भएकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको कामना गरेका छन् ।

नेता यादवले शनिबार एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीको नेतृत्वमा सङ्घीयता, लोकतन्त्र र गणतन्त्रका उपलब्धिको रक्षा गर्दै विधिको शासन स्थापित हुने विश्वास व्यक्त गरेका छन् ।

साथै नेता यादवले आर्थिक, सामाजिक र राजनीतिक रूपमा सीमान्तकृत समुदायले न्याय पाउने विश्वास व्यक्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप