बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीलाई दिए शुभकामना
सारांश
- बंगलादेशका सल्लाहकार युनुसले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्।
- उनले नेपालको शान्ति, विकास र स्थिरताको कामना गर्दै दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउन चाहेको बताए।
- युनुसले नेपालमा हालै भएका राजनीतिक घटनाक्रममा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गरे।
काठमाडौँ । बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्रोफेसर मोहम्मद युनुसले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
सल्लाहकार युनुसले आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री पद कठिन र चुनौतीपूर्ण समयमा सम्हालिएको भन्दै यो नेपाली जनताले उनीप्रति देखाएको विश्वास र आस्थाको प्रतिबिम्ब भएको टिप्पणी गरेका छन् ।
‘नेपालको दीर्घकालीन मित्र र छिमेकीको नाताले हामी विश्वस्त छौँ कि प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्व र मार्गदर्शनमा नेपाल शान्ति, विकास र स्थिरताको मार्गमा निरन्तर अघि बढ्नेछ,’ सल्लाहकार युनुसले लेखेको शुभकामना सन्देशमा उल्लेख छ ।
उनले नेपाल–बङ्गलादेशबिचको मित्रता, सहयोग र आपसी सम्मानलाई अझ मजबुत बनाउन नजिकबाट काम गर्ने इच्छाशक्ति समेत व्यक्त गरेका छन् । साथै हालै नेपालमा भएका राजनीतिक घटनाक्रमका क्रममा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति संवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि उनले गरेका छन् ।
बङ्गलादेशमा पनि सन् २०२४ को अगस्तमा भएको युवा विद्यार्थीको आन्दोलनपछि युनुस नेतृत्वमा पुगेका थिए । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना देश छाडेर भागेपछि त्यहाँका युवाहरूले युनुसलाई सरकारको मुख्य सल्लाहकार बनाएका हुन् ।
बङ्गलादेशमा युवाहरूले सरकारी जागिरमा आरक्षण नीतिको विरोधमा आन्दोलन गरेका थिए । आन्दोलनकारीले प्रधानमन्त्री कार्यालयमाथि कब्जा गरेपछि अगस्त ५ मा देश छाडेर हसिना भारतमा शरण लिन पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिकले हटायो गृहमन्त्री र सचिवको गाडीको कालो सिसा
-
स्वकीय सचिवलाई तलब सुविधा दिने निर्णयसँगै एक जनाले थाप्नेछन् एकमुष्ट ३ लाख १२ हजार
-
रास्वपा महाधिवेशन : चितवनका नेता खुसी
-
विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
-
जेनजी र अन्य सहिदबिचमा विभेद गरेको भन्दै दायर रिटमा सरकारलाई छलफलमा बोलाउने आदेश
-
कांग्रेसको निर्वाचन समितिमा दुई जना मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण