सुदन गुरुङ अन्तरिम सरकारमा सहभागी नहुने
काठमाडौं । पछिल्ला दिनमा सामाजिक सञ्जाल तथा विभिन्न माध्यमहरूमा हामी नेपाल र सुदन गुरुङ अन्तरिम सरकारमा सहभागी हुने भन्ने भ्रामक खबर फैलिएकोप्रति हामी नेपालले गम्भीर ध्यानाकर्षण गराएको छ।
संस्थाले जारी गरेको वक्तव्यमा भनिएको छ, 'हामी नेपालका कुनै पनि प्रतिनिधि वा व्यक्तित्व अन्तरिम सरकारमा सहभागी हुने छैनन्। केवल योग्य, इमानदार र देशलाई उद्देश्यपूर्ण ढंगले अगाडि बढाउन सक्ने व्यक्तिहरूले मात्र नेतृत्वमा स्थान पाउनुपर्छ भन्ने हाम्रो अडान हो।'
वक्तव्यमा हामी नेपाल नेतृत्वको भूमिकामा नभई, जनताको आवाजको छायाँको रूपमा मात्र यस आन्दोलनमा सहभागी रहेको स्पष्ट गरिएको छ। 'हामी सबैको सपना गौरवमय नेपाल निर्माण गर्ने हो। हामी यस आन्दोलनको हिस्सा हौं, तर कुनै पद वा लाभको अपेक्षा गरेका छैनौं। आजसम्म प्राप्त उपलब्धि सबैको सामूहिक प्रयासको नतिजा हो,' वक्तव्यमा भनिएको छ ।
संस्थाले हल्ला र भ्रमलाई अन्त्य गर्न सबैलाई यो सन्देश साझा गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण