शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बालमैत्री समाज निर्माणमा मुख्यमन्त्री आचार्यको  जोड

आइतबार, २९ भदौ २०८२, ०९ : १६
आइतबार, २९ भदौ २०८२

सारांश

  • मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना व्यक्त गरे।
  • उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा जोड दिए।
  • मुख्यमन्त्री आचार्यले बाल अधिकारका सिद्धान्तहरू स्मरण गर्दै बालमैत्री समाज निर्माणको आह्वान गरे।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय बाल दिवस, २०८२ का अवसरमा सम्पूर्ण बालबालिका, अभिभावक, शिक्षक, नागरिक समाज र बालअधिकारकर्मीप्रति शुभकामना व्यक्त गरेका छन् ।

‘बालबालिकामा लगानी: सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नारासहित मनाउन लागिएको दिवसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकासमा सबैलाई प्रेरित गर्ने मुख्यमन्त्री आचार्यले बताए ।

मुख्यमन्त्री आचार्यले बाल अधिकारका चार आधारभूत सिद्धान्त–भेदभाव रहित, सर्वोत्तम हित, दीर्घ जीवन र विकास, तथा विचार र भावनाको कदर–लाई स्मरण गर्दै नेपालले यसलाई कानुनी रूपमा आत्मसात् गरी ऐन, नियमहरू कार्यान्वयनमा ल्याएको उल्लेख गरे । साथै बाँच्न पाउने, संरक्षण, विकास र सहभागिताको अधिकार सुनिश्चित गरेको भनाई उनको छ ।

लुम्बिनी प्रदेश सरकार संविधानले सुनिश्चित गरेका अधिकारलाई व्यवहारमा उतार्न प्रतिबद्ध रहेको बताउँदै बालबालिकालाई सुरक्षित, स्वस्थ र समान अवसरयुक्त वातावरण उपलब्ध गराउन अभिभावक, समाज र राज्य सबै एकसाथ लाग्नुपर्नेमा जोड दिए ।

यस अवसरमा उनले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, दुर्व्यवहार र विभेद अन्त्य गर्दै बालमैत्री समाज निर्माणमा जुट्न आह्वान पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप