एसीसी एसिया कप: बङ्गलादेशमाथि श्रीलङ्काको सहज जित
सारांश
- एसिया कप क्रिकेटमा श्रीलंकाले बंगलादेशलाई ६ विकेटले पराजित गर्यो।
- शेख जायद क्रिकेट मैदानमा श्रीलंकाले १४० रनको लक्ष्य १४ ओभरमा पूरा गर्यो।
- श्रीलंकाका पाथुम निशंकाले ५० रनको अर्धशतकीय पारी खेले।
काठमाडौँ । एसीसी एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा बङ्गलादेश श्रीलङ्कासँग पराजित भएको छ ।
शनिबार राति भएको खेलमा श्रीलङ्काले बङ्गलादेशलाई ६ विकेटले हराएको हो । शेख जायद क्रिकेट मैदानमा बङ्गलादेशले दिएको १४० रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १४ ओभर ४ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे ।
श्रीलङ्काका लागि पाथुम निशंकाले ५० रनको अर्धशतकीय पारी खेले । उनले ३४ बलमा ६ चौका र १ छक्का प्रहार गरे । श्रीलङ्काका कमिल मिश्राले ४६ रन बनाउँदा चरिथा अशालंकाले १० रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोडेनन् ।
बंगलादेशका लागि मेहदी हशनले दुई विकेट लिँदा मुस्तफिजुर रहमान र तन्जिन हसन शाकिबले एक–एक विकेट लिए ।
यसअघि टस हरेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १३९ रन बनाएको थियो ।
बंगलादेशका लागि शामिम हुशेनले सर्वाधिक ४२ रन बनाए । त्यस्तै जाकेर अलीले ४१ रन तथा कप्तान लिटन कुमार दाशले २८ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
श्रीलङ्काका लागि वानिन्दु हर्शरंगाले दुई विकेट लिँदा नुवान थुर्शा र दुशमान्था चमेराले एक–एक विकेट लिए ।
जो जितसँगै समूह ‘बी’ मा रहेको श्रीलङ्काले पहिलो खेलबाट २ अङ्क जोडेको छ । यता बङ्गलादेशको दुई खेलबाट ३ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण