पर्सामा आजदेखि सरकारी कार्यालय र विद्यालय खुल्दै
सारांश
- जेनजी समूहको आन्दोलनका कारण पर्साका सरकारी कार्यालय र विद्यालय बन्द रहे।
- सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार आइतबारदेखि सरकारी कार्यालयहरूले नियमित सेवा दिनेछन्।
- विद्यालयहरूलाई सरसफाइ गरी पठनपाठन सुरु गर्न र सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ।
वीरगञ्ज । जेनजी समूहको आन्दोलन र प्रदर्शनका कारणले अस्तव्यस्त भएको पर्साका गतिविधि सामान्यतर्फ फर्किन लागेको छ । गत भदौ २३ र २४ गतेको विषम परिस्थितिले यहाँको सरकारी कार्यालयको सेवाप्रवाह र विद्यालयको पठनपाठन कार्य ठप्पजस्तै रहेको थियो ।
तर, यहाँको अवस्था क्रमशः सुधारोन्मुख देखिँदै गइरहेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले आजदेखि जिल्लाका सबै सरकारी कार्यालयले नियमित रूपमा सेवा प्रवाह गर्नका लागि अनुरोध गरिएको जानकारी दिए ।
‘हालैको आन्दोलनका कारण सेवा प्रभावित भएका कार्यालयले आइतबारदेखि नियमित रूपमा सेवाप्रवाह गर्नका लागि अनुरोध गरिन्छ’, उनले भने, ‘आन्दोलनको क्रममा क्षतिग्रस्त भएका कार्यालयको हकमा ‘सर्भिस डेलिभरी प्लान’ बनाई यथाशक्य चाँडो सेवा प्रवाह हुने व्यवस्था गर्न अनुरोध गर्दछु ।’
त्यसैगरी, वीरगञ्ज महानगर शैक्षिक प्रशासन महाशाखाले पनि आजदेखि विद्यालय खोलेर आवश्यक सरसफाइका काम अघि बढाउन अनुरोध गरेको छ । महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख आनन्द लामिछानेले आज विद्यालय खोलेर विद्यालयको कक्षाकोठा तथा शौचालय सरसफाइ गर्न अनुरोध गरेका छन् ।
‘विद्यालयको खानेपानीको ट्याङ्कीलगायतमा अनिवार्य रूपमा क्लोरिन राख्न पनि अनुरोध गर्दछौँ’, उनले भने, ‘विद्यालयले आवश्यक सुरक्षा सतर्कता अपनाएर पठनपाठन कार्य अघि बढाउन पनि अनुरोध गरिन्छ ।’
जिल्ला प्रशासन कार्यालयले पनि शनिबारदेखि निषेधाज्ञाको समय बढाएर रातको समयमा मात्र कर्फ्यु कायम राखेको छ । यहाँको बजार क्षेत्रमा पनि सर्वसाधारणको चहलपहल पनि विस्तारै बढ्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण