जेनजी आन्दोलनपछि मेयर लामाको पहिलो विज्ञप्ति : हेटौँडाको माटोले जन्माएको चेली हुँ
सारांश
- हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले जेन जी आन्दोलनपछि विज्ञप्ति जारी गरिन्।
- मेयर लामाले विद्यार्थीहरूसँग माफी माग्दै छात्रवृत्तिको मागलाई स्वाभाविक रूपमा स्वीकार गरिन्।
- उनले हेटौँडाका विद्यार्थीलाई नियमअनुसार छात्रवृत्ति दिने र अभिभावकको गुनासो सुन्ने बताइन्।
हेटौँडा । जेनजी आन्दोलन पछि हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले पहिलो पटक आइतबार एक विज्ञप्ति जारी गरेकी छिन् । विज्ञप्ति जारी गर्दै मेयर लामाले आफू हेटौँडाको माटोले जन्माएको चेली भएको दाबी गरेकी छिन् ।
आफू अभाव, अन्याय र विभेदका अनेक रूपहरू भोगेको आएको उनको भनाई छ । उनले जेन जी आन्दोलनका क्रममा गुनासो लिएर आएका विद्यार्थीहरूसँग माफी समेत मागेकी छिन् । मेयर लामाले विद्यार्थीहरूको भावनामा चोट पुगेकोमा दुःख व्यक्त गर्दै देशभरका विद्यार्थीहरू आफ्नो उच्च शिक्षाको भविष्यप्रति चिन्तित भइरहेको अवस्थामा हेटौँडामा रहेका क्याम्पसहरूमा छात्रवृत्तिको माग राख्नु स्वाभाविक भएको स्वीकार गरेकी छिन् ।
मेयर लामाले उपमहानगरपालिका बाहिरका विद्यार्थीलाई छात्रवृत्ति दिन नखोजेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेकी छिन् । उनले हेटौँडामा रहेका विद्यालय तथा क्याम्पसहरूमा अध्ययन गर्ने सबै विद्यार्थीलाई नियम कानुनले मिल्ने छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताइन् ।
‘मैले व्यक्तिगत रूपमा पनि पढ्न चाहने हरेक तहका विद्यार्थीहरूलाई सहयोग गर्दै आएकी छु । पद एउटा संयोग मात्र हो । म यही हेटौँडाको माटोले जन्माएकी चेली हुँ’ उनले भनेकी छिन् ।
उनले हेटौँडावासीलाई उच्च सन्तुष्टि दिन नसके पनि मन दुखाउने काम नगरेको जिकिर गरेकी छिन् । अभिभावकको गुनासो सुन्न र विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्न आफू सधैँ तयार रहेको उनले बताइन् । उनले नियम कानुनको प्रसङ्ग आउँदा आफ्ना कुराहरूलाई गलत ढङ्गबाट नबुझिदिन पनि उनले विद्यार्थीहरूलाई अनुरोध समेत गरेकी छिन् ।
_lnK4jfHCkd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण