निकुञ्जभित्रको पर्यटकीय सडक मर्मत थालियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले पर्यटकीय सडकको मर्मत थालेको छ ।नेपालीको महान् पर्व विजयादशमी अघि जीप सफारी खोल्ने गरी सडक तथा पुल मर्मत र झाडी पन्छ्याउने कामलाई तीव्रता दिइएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार अहिले सडक मर्मतको काम भइरहेको छ । उनले भने, “जीप सफारीका लागि ९० किलोमिटर सडक मर्मतको काम भइरहेको छ ।”
सो सडक क्षेत्रमा भएको झाडी पन्छ्याउने काम पनिसँगै गरिएको उनले जानकारी दिए । सौराहादेखि कुजौली घाटसम्मको जिप सफारी गरिने सडक मर्मतको काम सुरु गरिएको उनले बताए ।
निकुञ्जले गत असार १६ गतेदेखि बन्द गरेको जिप सफारी चाडपर्वमा आउने पर्यटक लक्षित गर्दै सञ्चालनको तयारी गरेको हो ।
निकुञ्जभित्रको जिप सफारी बन्द भए पनि सामुदायिक वनमा भने बन्द गरिएको छैन । मगरका अनुसार अहिले ९० किलोमिटर सडकभित्र पर्ने पुल मर्मत, सडकका अवरोध हटाउने काम भइरहेको छ ।
निकुञ्जभित्र जिप सफारीबाट पर्यटकले डुमरीया, लामि ताल, तमोर ताल, घडीयाल प्रजनन केन्द्र, बाघ मचान, सुखिभार, भिम्ले, टाइगर टप्स, बागमारा, खोरीया मुहान हुँदै देवी तालसम्म वन्यजन्तु अवलोकन गर्ने गर्दछन् ।
चितवन र नवलपरासी आउने पर्यटकको मुख्य आकर्षक निकुञ्ज सफारी हो । यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटे बाघलगायत वन्यजन्तु अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटक आउने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
-
आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्री गरे कानुनी कारबाही गरिने
-
धनुषामा विभिन्न मुद्दाका ११ जना फरार प्रतिवादी पक्राउ
-
नवलपरासीमा ईभी भ्यान र ट्रक ठोक्किँदा १० जना घाइते
-
७ वर्षभित्र नेपालको अर्थतन्त्र १०० खर्बको बनाउने सरकारको लक्ष्य: अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण