‘हरिबहादुरको जुत्ता’ पनि फूलपातीमै रिलिज हुने
काठमाडौँ । फिल्म ‘हरिबहादुरको जुत्ता’ आगामी फूलपातीमै रिलिज हुने भएको छ । सोमबारबाट फिल्म हल खुल्ने भएपछि निर्माण पक्षले फिल्मको रिलिज फूलपातीमै हुने जानकारी दिएको छ । जेनजी आन्दोलनका कारण यसअघि उक्त फिल्म प्रदर्शनबारे अन्यौलता थियो ।
‘हरिबहादुरको जुत्ता’ फूलपातीमै रिलिज गर्ने हाम्रो तयारी यथावत् छ’, निर्माता सरोज वलीले भने, ‘हामीले फिल्मको प्रचार प्रसार समेत रोकेका छैनौँ ।’
दीपेन्द्र के. खनाल निर्देशित फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
कृष्ण बहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन रहेको फिल्ममा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ । कमेडी र भावनात्मक विषयवस्तु प्रस्तुत गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीयताको विषयमा मधेसलाई चासो, अन्य प्रदेश मौन किन ?
-
राष्ट्रियसभामा विनियोजन विधेयक–२०८३ सम्बन्धी प्रतिनिधिसभाको सन्देश टेबुल
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ आज साँझ
-
रास्वपा महाधिवेशनका कारण तेस्रो पटक सूचना टाँसेर सारियो प्रतिनिधिसभा बैठक
-
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ : रोहितकाे कप्तानीमा टाेली घाेषणा
-
रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण