देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख, निरन्तर अपडेटमा छन् डा. शेखर
सारांश
- भदौ २४ गते जेनजी आन्दोलनमा देउवा निवासमा भएको आक्रमणमा देउवाको स्वास्थ्यमा सुधार आएको छ।
- डा. शेखर कोइरालाले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताए, र उनले आक्रमणको निन्दा गरे।
- कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा देउवा र आरजु राणाको स्वास्थ्यबारे उल्लेख थिएन।
काठमाडौँ । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आफ्नै निवास बूढानीलकण्ठमा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यावस्था सुधारोन्मुख छ । कांग्रेस नेता डा. शेखर कोइरालाले आफू सभापति देउवाको स्वास्थ्यावस्थाबारे निरन्तर अपडेटमा रहेको बताएका छन् ।
‘चीन भ्रमणबाट फर्केपछि शुक्रबार र शनिबार सभापतिको स्वास्थ्यावस्था कस्तो छ भनेर जानकारी लिएको थिएँ । आज पनि जानकारी लिएको छु । आइतबार सभापतिजी आफूले सम्पर्क गरेर मलाई बिस्तारै ठिक हुँदैछ भन्नुभएको थियो,’ नेता कोइरालाले भने ।
गत शुक्रबार उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको कार्यसम्पादन समितिको बैठकपछि जारी विज्ञप्तिमा जेनजी आन्दोलनकारीको आक्रमणमा परेका सभापति देउवा र पार्टी केन्द्रीय सदस्य देउवा पत्नी डा. आरजु राणाको स्वास्थ्यावस्थाबारे उल्लेख थिएन ।
तर, पार्टीभित्र देउवाविरोधी गुटको नेतृत्व गर्ने डा. कोइरालाले शनिबार जारी गरेको विज्ञप्तिमा आक्रमणको निन्दा गरेका थिए । कोइरालाले लेखेका थिए, ‘नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जसको लोकतान्त्रिक आन्दोलनमा अतुलनीय त्याग, संघर्ष र इतिहास छ, उहाँमाथि घरमा बसिरहेको समयमा पत्नी समेतमाथि गरिएको हातपात र लुटपाटलाई म जघन्य अपराधको कोटीमा राख्छु, यसको जति निन्दा गरेपनि कम हुन्छ ।’
डा. कोइरालाले पार्टीभित्र आन्तरिक रूपमा गुटउपगुट भए पनि बाह्य आक्रमणमा एकजुट हुनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण