अपडेट
कुलमानले पदभार ग्रहण गर्दै भने– माननीय नभन्नुहोला
सोमबार, ३० भदौ २०८२, १५ : ०२
काठमाडौँ । नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले आफूलाई माननीय नभन्न आग्रह गरेका छन् । सोमबार मन्त्रालयमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।
‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला’, मन्त्री घिसिङले आग्रह गरे । उनले बरु मन्त्रीज्यु भन्दा हुने बताए ।
देशलाई सही दिशातिर लान,समृद्धि र राजनीतिक स्थिरतातिर अघि बढाउनुपर्ने ठुलो चुनौतीलाई स्वीकारेर जिम्मेवारीमा आएको पनि मन्त्री घिसिङले बताए ।
संक्षिप्त लिखित मन्तव्य राख्दै मन्त्री घिसिङले पछिल्ला दिनमा राष्ट्रका होनहार युवाहरू गुमाउनुपरेको भन्दै उनीहरूको साहसले परिवर्तनको जग बसालेको बताए ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण