पदभार ग्रहण
ऊर्जामन्त्रीद्वारा पदभार ग्रहण, डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय
सोमबार, ३० भदौ २०८२, १५ : २०
१
काठमाडौँ । ऊर्जा,जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार उनले पदभार ग्रहण गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले नेपाल विद्युत प्राधिकरणको डेडिकेटेड लाइनको बक्यौता रकम उठाउने पहिलो निर्णय गरेका छन् ।
घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बक्यौता रकम उठाउने विषयमा सरकारसँग विवाद हुँदै आएको थियो । बक्यौता उठाइछाड्ने निर्णयमा पुगेका तत्कालीन कार्यकारी निर्देशक घिसिङलाई सरकारले हटाउनेसम्मको निर्णय गर्यो ।
उनलाई निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत चैत्रमा प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो ।
अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण