सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

कार्यालयमा तोडफोड गरिएको भन्दै एनसेलद्वारा प्रहरीमा उजुरी, हदैसम्मको सजायको माग

सोमबार, ३० भदौ २०८२, १८ : ५९
सोमबार, ३० भदौ २०८२

काठमाडौँ । दूरसञ्चार कम्पनी एनसेलले जेनजी प्रदर्शन क्रममा कार्यालयमा भएको तोडफोड,आगजनीविरुद्ध प्रहरीमा उजुरी दिएको छ ।

एनसेलले सोमबार प्रहरीमा उजुरी दिएको हो । लैनचौरस्थित एनसेलको मुख्य कार्यालय ‘एनसेल आइकन’ सहित देशका विभिन्न क्षेत्रमा रहेका कार्यालयहरूमा गत मंगलबार जेनजी प्रदर्शनका क्रममा  तोडफोड, आगजनी भएको थियो । 

उजुरीमा यी घटनासँग संलग्न अपराधीमाथि आवश्यक अनुसन्धान गरी कानुनको दायरामा ल्याई हदैसम्मको सजायको माग गरिएको छ । 

उनीहरूबाट डकैती गरी लगिएको सामान फिर्ता दिलाउन साथै आगजनीबाट क्षति भएको सम्पत्तिको क्षतिपूर्ति समेत दिलाइ भराइ पाऊँ भनी एनसेलले प्रहरीमा दिएको उजुरीमा उल्लेख गरिएको छ ।

प्रहरीमा दिइएको उजुरी अनुसार कम्पनीले घटनामा पुगेको क्षतिको विवरण तथा लुटिएका सम्पत्तिको सूची उपलब्ध गराएको छ । 

साथै घटना क्रममा कैद भएका सम्पूर्ण सीसीटीभी फुटेज पनि अनुसन्धानलाई सहयोग पुग्ने उद्देश्यले प्रहरीलाई हस्तान्तरण गरिएको एनसेलले जनाएको छ ।

गत साेमबार र मंगलबा जेनजी पुस्ताका युवाहरूले काठमाडाैँ लगायत देशभर प्रदर्शन गरेका थिए। प्रदर्शनकाे माैकामा अराजक समूहले सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी तथा ताेडफाेड गरेकाे थियाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप