शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मेची भन्सार

पूर्वीनाकाबाट साेमबारदेखि मेची भन्सारको सेवा सुरु

मङ्गलबार, ३१ भदौ २०८२, ०१ : ५२
मङ्गलबार, ३१ भदौ २०८२

सारांश

  • मेची भन्सार कार्यालयमा जेनजी आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि आयात निर्यात बन्द भएको थियो।
  • कार्यालयले नयाँ कम्प्युटर, ल्यापटप र अन्य आवश्यक सामान खरिद गरी सेवा सुरु गरेको छ।
  • मेची उद्योग वाणिज्य संघले भन्सार सञ्चालनका लागि आग्रह गरेको थियो र व्यवसायीलाई व्यवसाय सुरु गर्न अपिल गरेको छ।

झापा ।  जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको पूर्वीनाकास्थित मेची भन्सार कार्यालयले सोमबारदेखि आयात निर्यात सुरु भएको छ । आन्दोलनकारीले भन्सार कार्यालयमा गत भदौ २४ गते तोडफोड र आगजनी गरेपछि आयात निर्यातको काम ठप्प भएको थियो । 

कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले नयाँ कम्प्युटर, ल्यापटप र आवश्यक अन्य सरसामान खरिद गरेर सोमबारदेखि सेवा सुरु गरिएको बताए । “भौतिक संरचना र सामानहरू जलेर बाँकी केही छैनन्,” उनले भने, “कम्प्युटर, ल्यापटप, फर्निचर नयाँ खरिद गरेका छौँ र केही दाताहरूको सहयोग प्राप्त भएको छ । आयात–निर्यातको काम सोमबारदेखि सुरु गरेका छौँ ।”

मेची उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले भन्सार कार्यालयका प्रमुख हरिहर पौडेललाई आइतबार भेटेर भन्सार सञ्चालनका लागि आग्रह गरेको थियो । वाणिज्य सङ्घले एक विज्ञप्ति जारी गर्दै सबै उद्योगी र व्यवसायीलाई चाडपर्व नजिकिएसँगै पुरानै लयमा फर्किएर व्यवसाय सुरु गर्न समेत अपिल गरेको छ ।

यसैगरी भद्रपुर भन्सार कार्यालयले आइतबारदेखि नै सेवा सञ्चालन गरेको जनाएको छ । जेनजी आन्दोलन हिंसात्मक बन्दा दुवै भन्सारमा लुटपाट, तोडफोड र आगजनी भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप