शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सुनसान छन् बागमती प्रदेशका मन्त्रालय, तस्बिरहरू
बागमती प्रदेश

सुनसान छन् बागमती प्रदेशका मन्त्रालय, तस्बिरहरू

मङ्गलबार, ३१ भदौ २०८२

मकवानपुर । जेनजी आन्दोलनले बागमती प्रदेशका अधिकांश मन्त्रालय भवन ध्वस्त छन् । आन्दोलनका क्रममा भदौ २४ गते आगजनी हुँदा मन्त्रालयहरू खण्डहर बनेका छन् ।

आन्दोलनकै बलमा केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर केन्द्रमा सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भइसकेको छ । प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भएर मुलुक नयाँ दिशातर्फ उन्मुख भइसकेको छ ।

यो अवधिमा बागमती प्रदेश सरकार भने बेखबरजस्तै देखिएको छ । मन्त्रालयहरू, सरकारी संरचनामा के–कति क्षति भए र अब कसरी सेवा प्रवाह गर्ने भन्ने सन्दर्भमा प्रदेशका संरचना अन्योलमा छन् ।

एक साता बितिसक्दा पनि बागमतीका मन्त्रालयहरू क्षति व्यवस्थापनमा जुट्न सकेका छैनन् । आगलागीका कारण प्रदेश सरकारको ७ वर्षे तथ्याङ्क तथा संरचना खरानी बनेका छन् । मन्त्रालयका कोठादेखि महत्त्वपूर्ण विवरण सहितका कागजातहरू जलेर नष्ट भएका छन् ।

प्रदेशका मन्त्रालयहरू यतिबेला नेतृत्वविहीन अवस्थामा देखिएका छन् । आगजनीबाट १४ मध्ये ९ वटा मन्त्रालयमा ठुलो क्षति पुगेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय जल्नबाट जोगिएका छन् । अन्य मन्त्रालय आन्दोलनका क्रममा क्षतिग्रस्त भए ।

bagmati ministries (1)

जलेका मन्त्रालयहरूमा खरानी उठाउन कर्मचारीको तयारी देखिँदैन । अभिभावकत्वको खोजीमा रहेका कर्मचारीहरूमा नैराश्य छाएको छ । उनीहरू प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरूको निर्देशन पर्खिरहेको बताउँछन् । मुख्यमन्त्री र मन्त्रीहरू प्रशासनिक संरचनाको निरीक्षण गर्न नआउँदा खरानीमा परिणत भएका मन्त्रालय भवनहरूको व्यवस्थापन कार्य ढिलाइ भइरहेको छ ।

bagmati ministries (2)

कर्मचारीहरू जलेर खण्डहर बनेका मन्त्रालय भवनमा पुग्ने गरे पनि सामान्य सरसफाइ गर्नुबाहेक कार्यालय सञ्चालन गर्ने अवस्थामा छैनन् । खरानी टकटकाएर अघि बढ्नुपर्ने अवस्थामा पुगेका मन्त्रालयहरू अभिभावकत्वको खोजीमा रहे पनि राजनीतिक नेतृत्वहरू नआउँदासम्म काम अघि बढ्न नसक्ने एक कर्मचारीहरू बताउँछन् । उनका अनुसार क्षति भए लगत्तै केही कर्मचारीले क्षतिग्रस्त संरचनाको निरीक्षण गरे पनि कार्यदिशा स्पष्ट नहुँदा व्यवस्थापनको काम अघि बढाउन सकिएको छैन ।

bagmati ministries (3)

प्रदेशका प्रमुख सचिव भूपाल बराल काठमाडौँबाट सोमबार हेटौँडा फर्किएका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठाका अनुसार आगलागीका कारण क्षतिग्रस्त भवनबाट सेवा प्रवाह अनिश्चित बनेपछि वैकल्पिक व्यवस्था गरी तत्काल सेवा सुचारु गर्ने तयारी थालिएको छ ।

bagmati ministries (4)

आगलागीबाट भौतिक संरचनामा ठुलो क्षति पुगेपछि प्राविधिक टोलीले भवनको अवस्था मूल्याङ्कन गरिरहेको छ भने कर्मचारीहरू अस्थायी स्थानबाट काम सुरु गर्ने तयारीमा जुटेको उनले बताए ।

bagmati ministries (5)

घटनापछि रोकिएको सरसफाइ र क्षतिको विस्तृत मूल्याङ्कन कार्य मुचुल्का प्रक्रिया सकिएपछि क्रमशः अगाडि बढ्ने मरहठ्ठाको भनाइ छ । मुख्यमन्त्री तथा मन्त्रीहरू तत्काल उपस्थित हुन नसके पनि कर्मचारीहरू नियमित सम्पर्कमा रहेर काम गरिरहेको उनले बताए ।

bagmati ministries (7)

घटनाले कर्मचारीको मनोबलमा असर गरे पनि सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको सचिव मरहठ्ठा बताउँछन् । सम्बन्धित निकायहरूले जतिसक्दो चाँडो प्लास्टिकको कुर्सी र टेबलकै भरमा भए पनि सेवा सुरु गर्ने प्रतिबद्धता अनुसार काम गरिरहेको उनले बताए ।

bagmati ministries (8)

‘४ वटा मन्त्रालय रहेको भवनमा ठुलै क्षति देखिएको छ । हामीले विज्ञसहितको टोलीबाट मूल्याङ्कन गराइरहेका छौँ,’ उनले भने, ‘मर्मतसम्भारमा समय लाग्ने देखिएकाले तत्कालका लागि अन्य भवन तथा कार्यालयहरूबाट सेवा दिने तयारी गरिएको छ । हामी एक–दुई दिनमै टेबल–कुर्सी राखेर सेवा सुरु गर्छौँ । यो विषम् अवस्थामा दुःख लाग्नु स्वाभाविक हो, तर हामीले सेवा पनि दिनुपर्छ भन्ने हिसाबले कर्मचारीहरू जुटिसकेका छौँ ।’

bagmati ministries (9)bagmati ministries (10)bagmati ministries (11)bagmati ministries (12)bagmati ministries (14)bagmati ministries (16)bagmati ministries (18)bagmati ministries (19)bagmati ministries (20)bagmati ministries (21)bagmati ministries (22)bagmati ministries (25)bagmati ministries (26)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया