‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक
सारांश
- फिल्म 'बलिदान'को गीत 'यो ज्यान बलिदान' सार्वजनिक गरिएको छ, जसमा आमा र मातृभूमिलाई समर्पित भाव प्रस्तुत गरिएको छ।
- गीतमा सुजन चापागाईंको स्वर, हर्क साउदको शब्द र कोविद बजको संगीत संयोजन रहेको छ।
- निर्देशक सन्तोष सेनले देशको घाउ देखाउन फिल्म 'बलिदान' निर्माण गरेको बताए।
काठमाडौँ । फिल्म ‘बलिदान’को गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक गरिएको छ । सुजन चापागाईको स्वर तथा सङ्गीत रहेको गीतमा हर्क साउदको शब्द छ ।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ । जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव गीतमार्फत प्रकट भएको छ ।
गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ । कोविद बजको संगीतसंयोजन रहेको गीतमा विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक–भोकल दिएका छन् ।
प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भएकोले फिल्म बलिदान निर्माण गरेको निर्देशन सन्तोष सेनले बताए ।
आसुसेन फिल्म्स प्रा.लिको ब्यानरमा निर्माण भएको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेको फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण