घर जलेपछि पूर्वमुख्यमन्त्री पौडेल - हेटौँडाको विकासको योगदान नै मेरो गल्ती थियो
मकवानपुर । बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जेनजी आन्दोलनका क्रममा आफ्नो घरमा आगजनी भएपछि मार्मिक तर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले हेटौँडाको विकासमा गरेको आजीवन योगदानलाई नै आफ्नो सबैभन्दा ठुलो ‘गल्ती’ भएको टिप्पणी गरेका छन् ।
पौडेलले आफूले जीवनका ५४ वर्ष हेटौँडाको समृद्धि र प्रदेशको विकासमा लगाएको भए पनि त्यसकै कारण आज घर खरानी भएको व्यथा पोखेका छन् । उनले घरअगाडिको सानो विद्यालयलाई १२ कक्षासम्म विस्तार गर्नु, पञ्चायती निरङ्कुशताविरुद्ध लड्नु, मेयरका रूपमा शून्य अवस्थाबाट हेटौँडालाई देश–विदेशमा चिनाउनु, खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यमा सुधार गर्नुजस्ता कार्यलाई नै ‘गल्ती’ भएको बताए ।
मुख्यमन्त्रीको हैसियतमा प्रदेशको राजधानी हेटौँडा कायम गर्नु, बन्द भएका परियोजनामा पुनर्जीवन दिनु, ५० शय्याको अस्पताललाई ५०० शय्याको शिक्षण अस्पताल बनाउने अभियान सुरु गर्नु, कृषि सुपर मार्केट, दूध प्रशोधन कारखाना र विश्वविद्यालयको जग हाल्नु पनि उनले आफ्ना गल्तीहरूको सूचीमा राखे ।
‘म हेरी रहेँ, मेरो घर जली रह्यो... हेर्दा हेर्दै खरानी भयो,’ उनले लेखेका छन्, ‘नगरपालिकालाई अर्बौँको जग्गा दिलाएँ, खुम्चिएको हेटौँडालाई बृहत्तर हेटौँडा बनाएँ, गल्ती माथि गल्ती गरेछु।’
आफ्नो जीवनभर कसैको एक रुपैयाँ नखाएको र भ्रष्टाचार नगरेको प्रमाणित गर्न चुनौती दिँदै पौडेलले त्यसो भए आत्मदाह गर्न तयार रहेको पनि घोषणा गरेका छन् । उनले गरेको योगदान खरानी भएको पीडा व्यक्त गर्दै अझै थुप्रै ‘गल्तीहरू’ लेख्न बाँकी रहेको उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण