बागमती प्रदेशका सभामुख पाठकले दिए राजीनामा
सारांश
- बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।
- उनले उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत राजीनामा पत्र पठाएका हुन्।
- भ्रष्टाचारविरुद्धको प्रदर्शनमा बल प्रयोगबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले राजीनामा दिए।
काठमाडौँ । बाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन् । सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका सभामुख पाठकले ह्वाट्स एपमार्फत आधिकारिक पत्र पठाएका हुन् । उनले उपसभामुख अप्सरा चापागाईलाई ह्वाट्स एपमार्फत पत्र पठाएका छन् ।
सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख समक्ष आज बुधबार आफ्नो राजीनामा पत्र पठाएका हुन् ।
गत भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको प्रदर्शनमा अस्वाभाविक बल प्रयोगबाट भएको मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै भदौ २४ गते नै सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका थिए ।
राजीनामा घोषणा गरे पनि उनले औपचारिक पत्र भने पठाएका थिएनन् । पाठकले तत्कालीन समयमा प्राविधिक कारणले कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएकाले पत्र नबुझाएको बताए । सबै प्रक्रिया पुरा गरेर आज औपचारिक रूपमा राजीनामा पत्र बुझाएको उनले बताए ।
राजीनामा पत्रमा उनले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन् । उनले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन् ।
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभामा बजेटसम्बन्धी विधेयक टेबल
-
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन
-
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा देवेन्द्र खत्री नियुक्त
-
सुदूरपश्चिममा विकास बजेट खर्च सधैँ न्यून, योजना अनुसार काम गर्न सक्दैन सरकार
-
नेपाली कांग्रेस नीति प्रतिष्ठानको पाँचौं बैठक असार २५ गते बस्ने
-
‘कमेडी च्याम्पियन’मा देखिँदै जितु नेपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण